२० वर्षदेखि खानेपानी योजना अलपत्र
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार २१:३७:३१
८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा १०० भन्दा बढी खानेपानी योजना २० वर्षदेखि अलपत्र परेका छन् । खानेपानी योजनामा प्रदेशले बजेट हाल्न नमिल्ने र सङ्घीय सरकारले न्यून बजेट विनियोजन गर्दै आएका कारण ती योजना अलपत्र परेका हुन् । सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सुदूरपश्चिममा सङ्घीय सरकारले प्रदेश सरकारलाई ५८१ वटा खानेपानी आयोजना हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएका योजना प्रदेशका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रेखदेख गर्दै आएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख मोहन कुँवरका अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले १५८, डोटीले १६१, डडेल्धुराले ९७ र १६५ वटा सङ्घीय सरकारका सःशर्त योजना कार्यान्वयनमा रहेका छन् ।
बैतडीले ४५, डोटीले ८३, डडेल्धुराले २५ र कैलाली २३ वटा प्रदेशको योजना सञ्चालन गरिरहेको उहाँको भनाइ छ । यी सबै खानेपानी योजना सम्पन्न गर्न रु २३ अर्ब ७५ करोड ३३ लाख लाग्ने भए पनि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७६÷७७ मा जम्मा रु तीन अर्ब ५८ करोड १२ लाख मात्रै विनियोजन गरेको डिभिजन प्रमुख कुँवरले बताए ।
पर्याप्त बजेट विनियोजन नगरिँदा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी योजनाहरुको काम सुस्त रहेको भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराको भनाइ छ । करोडौंँ रकम पर्ने योजनामा हरेक वर्ष थोरै बजेटले काम गर्दा कुनै पनि प्रगति देखिन नसकेको उनले बताए ।
क्रमागत योजनामा हरेक वर्ष रु पाँचदेखि ८ लाखसम्म बजेट विनियोजन गरिँदा योजना सम्पन्न नभई बजेट अभावमा भत्किन थालेका छन् । पुराना योजना तत्काल सम्पन्न गरी नागरिकलाई खानेपानी सुविधा दिन प्रदेशको तर्फबाट समेत बजेट राख्ने गरी ऐन परिमार्जन गर्नुपर्ने देखिएको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको खानेपानी योजनामा सङ्घीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्ने गरेको छ । न्यून बजेट विनियोजनले अझै पनि निर्माण भइरहेका योजना सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने उल्लेख गर्दै डिभिजन प्रमुख कुँवरले आधारभूत खानेपानी सबै नागरिकलाई समयमै पु¥याउन बजेट बढाउनुपर्ने बताए ।
एक तथ्याङ्क अनुसार अझै पनि सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको सुविधा पुगेको छैन । छब्बीस लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका ९२ प्रतिशत नागरिकको मात्रै आधारभूत सरसफाइ र चर्पीमा पहुँच पुगेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार