सीमावर्ती क्षेत्रमा १२५ वटा विओपी निर्माण हुने
नेपालबहस संवाददाता
साउन ८, २०७७ शुक्रबार ३:४७:३९
८ साउन, विराटनगर । नेपाल सरकारको सहमतिमा नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योगी र व्यवसायी उत्साहित बनेका छन् ।
उद्योगी व्यवसायीले सङ्घीय सरकारले चालू आवका लागि सार्वजनिक गरेको राष्ट्रिय बजेटबाट उद्योगी एवं व्यवसायी उत्साहित हुन नसके पनि मौद्रिक नीतिबाट हाम्रो क्षेत्रमा धेरै टेवा पुग्ने भएकाले यसको सफल कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
कोरोनाका कारण निजी क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका खेल्न नसकेको र उद्योग एवं व्यापार नै सङ्कटमा परेको बेलामा मौद्रिक नीति सार्वजनिक हुनुले हामीमा खुशी छाएको मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए।
मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन र विराट व्यापार सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले पूर्व क्षेत्रमा पर्यटनको विकास गर्न र माउण्टेन उडान भर्न विराटनगर विमानस्थलको स्तरोन्नति हुनुपर्नेमा जोड दिए ।
उनीहरुले राज्य कोषलाई बलियो बनाउने र अहिले कोरोनाका कारण संकट व्यहोरिरहेका निजी क्षेत्रका होटल व्यावसाय, पर्यटन व्यवसाय, शैक्षिक संस्थालाई उकास्न सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै विराटनगमा लामो समयदेखि उद्योगी र व्यापारीले माग गर्दै आएको उद्योग प्रदर्शनी केन्द्रको निर्माण गर्न सङ्घीय सरकारले मद्दत गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले उद्योग एवं व्यापार क्षेत्रमा तत्काल सरकारले गर्न सक्ने मात्र सुझाव दिन उद्योगी एवं व्यापारीलाई आग्रह गरे। उनले नेपाल भित्रका व्यापार फस्टाउन सरकारले आवश्यक कदम चाल्ने बताउँदै स्वदेशी व्यापार फस्टाउनका लागि नेपालीलाई सीमावर्ती बजारतर्फ जान रोकिनुपर्ने धारणा व्यक्त गरे । नेता पण्डितले नेपाल सरकारले सीमालाई व्यवस्थित गर्न सीमावर्ती क्षेत्रमा विओपी ९बोर्डर आउट पोस्ट० बनाएको र चालू आवमा १२५ वटा व्यवस्थित विओपी बनाउने जानकारी दिए ।
उनले केही वर्ष भित्रैमा नेपाल सरकारले नेपाल र भारतको सिमाना नजिक रहने ५०० विओपीलाई व्यवस्थित गरिसक्ने जानकारी दिदैं सीमा क्षेत्रलाई व्यवस्थित गर्ने योजना अनुरुप सरकारले पूर्वाधारअन्तर्गत सडक, बिजुली, टेलिफोन पनि विस्तार गर्ने बताए।
विराटनगर महानगरपालिका क्षेत्रमा निर्माण हुने चक्रपथको उचाइ बढाउने जसबाट विराटनगर क्षेत्र बाढी र डुबानबाट जोगिने जानकारी दिँदै नेता पण्डितले विराटनगरको पश्चिम क्षेत्रमा रहेका नहरलाई वाइपास सडक निर्माण गर्न सरकारले रु २० करोड बजेट विनियोजन गरेको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
एक करोड त्रिषठ्ठी लाखको अवैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार