मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुरु
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १३:२४:७
९ साउन विराटनगर ।मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुभारम्भ गरे ।
प्रदेश नं १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताए ।परिचयपत्रका लागि १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुसार दर्ता शुरु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।
आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ ।
आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ । परिचयपत्र अहिलेसम्म दुई लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार