दाङमा आपराधिक घटनामा कमी
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १९:४०:१८
९ साउन, दाङ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा भने ९५७ आपाराधिक घटना घटेका थिए । जुन गत वर्षको तुलनामा कूल १२२ आपाराधिक मुद्दा कमी भएका छन् । सबै भन्दा बढी आत्महत्याका २२२ घटना भएका छन् । तीमध्ये झुण्डिएर १७३ र विष सेवन गरी ४९ रहेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै लागु औषधका ३२ मुद्दा दर्ता भएका छन् भने जबर्जस्ती करणीका ३२ र जबर्जस्ती करणी उद्योगका २१, सवारी ज्यान सम्बन्धी ४८ लगायतका घटना सो अवधिमा घटेका छन् । कम हुनुमा अपराधजन्य सूचनाको आदानप्रदान, लकडाउन र प्रहरीको सक्रियता बढ्नुरहेको प्रहरी उपरीक्षक चन्द बताए । त्यस्तै आत्महत्याका घटना घटनुको मुख्य कारण गरिबी, दीर्घरोगी, मानसिक रोगी, पारिवारीक कलह, अशिक्षा, सामाजिक सञ्जालको गलत प्रयोग, असीमित महत्वाकाक्षा, वैदेशिक रोजगारले विभाजित परिवारलगायतका कारण हुने गरेको प्रहरीको विश्लेषण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार