विश्वभर कोरोनाबाट ६ लाख ३६ हजारको मृत्यु
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २१:३:१६
९ साउन, एजेन्सी । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले बिहीबार जानकारी दिएको छ ।
संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३ हजार ८८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार