अनेरास्ववियुद्धारा परीक्षाको कार्यतालिका निकाल्न आग्रह
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:१:३७
९ साउन, काठमाडौं । अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।
‘‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’’, उनले भने, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’’
उनले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गर्नु भएको छ । यसैगरी आफ्नी श्रीमतीको वर्वरतापूर्ण ढङ्गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालालाई बिना आधार आठ वर्ष छ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
त्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार