युट्युबविरुद्ध एप्पल संस्थापकले मुद्दा हाले
नेपालबहस संवाददाता
साउन १०, २०७७ शनिबार १८:२३:१४
१० साउन, एजेन्सी । एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् । स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् ।
युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर गरेका छन् । युट्युबमा स्टिभ वोज्नियाक लगायतका चर्चित व्यक्तिहरुका तस्वीर तथा भिडियो संलग्न गरिएका विभिन्न फर्जी भिडियो तथा प्रवद्र्धनात्मक विज्ञापनहरु निरन्तर प्रसारण हुने गरेको र त्यस्ता सामाग्रीहरुबाट निर्देशित भई क्रिप्टोकरेन्सीको कारोबार गर्दा युट्युब प्रयोगकर्ताहरुले लाखौँ डलर गुमाउने गरेको अदालतमा दायर निवेदनमा भनिएको छ ।
वोज्नियाकले युट्युबको यस्तो गतविधिलाई हालैको ट्वीटर ह्याकिङ काण्डसँग तुलना गर्दै उस्तैखाले ठगीबाट रकम कमाउने गरेको आरोप लगाएका छन् । हालै ट्वीटरमा बिटक्वाइन ह्याकिङका क्रममा बिल गेट्स, जोए बाइडेन, माइकल ब्लुम्बर्ग, एलोन मस्क लगायतको ट्वीटर अकाउन्ट ह्याक भएको थियो ।
त्यस्तो ह्याकिङविरुद्ध ट्वीटरले कदम चालेको भएपनि त्यस्तै खालका फर्जी भिडियोहरुमाथि युट्युबले भने कुनै एक्सन लिएको छैन । युट्युबमा आउने त्यस्ता ठगी भिडियो विज्ञापनहरुमा वोज्नियाक लगायतका चर्चित व्यक्तित्वहरुको तस्वीर तथा भिडियोहरु प्रयोग गर्दै मानिसहरुलाई बिटक्वाइनको कारोबार गरेर दोब्बर कमाउन सकिने लोभ देखाइन्छ ।
मानिसहरुलाई आफुसँगको बिटक्वाइन ट्रान्सफर गरेमा दोब्बर बिटक्वाइन प्राप्त गर्न सकिने गलत सन्देश दिएका विज्ञापनहरुबाट लाखौँ युट्युब प्रयोगकर्ताहरु प्रभावित भएर ठगिएका छन् ।
युट्युबविरुद्ध अदालतमा हालिएको मुद्दामा निवेदकहरुले क्षतिपूर्तिको मागदाबी पेश गर्दै युट्युबमा त्यस्ता भिडियोहरुमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । साथै प्रयोगकर्ताहरुलाई त्यस्ता ठगीपूर्ण विज्ञापनहरुका बारेमा चेतावनी जारी गर्न लगाउन समेत माग गरिएको छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण नक्सा
बैशाख १०, २०८१ सोमबार
२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश : कार्यालयमा राजनीति नगर्नुस्
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार