मंगलबार , कार्तिक ४, २०७७

कम्पनी विश्लेषण : मञ्जुश्री फाइनान्सको आकर्षक नाफा भित्रको वास्तविकता

कम्पनी विश्लेषण : मञ्जुश्री फाइनान्सको आकर्षक नाफा भित्रको वास्तविकता

११ साउन, काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । खुद मुनाफामा २८४ प्रतिशतको वृद्धि गरेको फाईनान्सले बजारमा निकै चर्चा पाएको छ। वित्तीय विवरणलाई राम्रोसँग अध्ययन गर्दा कम्पनीले कमाएको खुद मुनाफाको ठूलो हिस्सा कम्पनीले गरेको गैर संचालन मुनाफा रहेको छ । कम्पनीले कुनै सम्पत्ति बिक्री गरेर र सो मुनाफा देखाउन सफल भएको छ । चौथो त्रैमासमा २८ करोड खुद मुनाफा कमाएको फाइनान्सको गैर संचालन आम्दानी मात्र २० करोड माथि रहेको छ ।

वि.स. २०६४ सालमा स्थापना भएको मञ्जुश्री फाइनान्सको संचालक समितिको अध्यक्षमा दामोदरप्रसाद गौतम रहेका छन् । त्यस्तै संचालक समितिको सदस्यमा चिन्तामणि गौतम, दिलामान सिंह चन्द र इन्दिरा पण्डित घिमिरे रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सन्तोष निरौला प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् भने नारायण सुवेदी नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

कम्पनीको आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :

खुद व्याज आम्दानीमा सामान्य वृद्धि :
मञ्जुश्री फाइनान्सको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ६ प्रतिशतले मात्र वृद्धि भएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा ३८ करोड ५ लाख खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा कम्पनीले ३५ करोड ८७ लाख खुद व्याज आम्दानी गरेको थियो ।

कर्मचारी खर्च निकै बढ्यो !
प्रमुख आम्दानीको श्रोत ६ प्रतिशतले मात्र वृद्धि भए पनि कर्मचारी खर्च भने ६२ प्रतिशतले वृद्धि भएको छ। १ वर्षको अवधिमा कर्मचारी खर्च ८ करोड २१ लाखबाट वृद्धि भएर १३ करोड ३१ लाख पुगेको छ ।

संचालन मुनाफा ९० प्रतिशतले वृद्धि :
संचालन मुनफा भने करिब ९० प्रतिशतले वृद्धि भएर १९ करोड ७१ लाख पुगेको छ । आर्थिक वर्ष ०७५/७६मा जोखिम बापत १३ करोड ५० लाख व्यस्थापन गर्नु परेकोमा यो वर्ष भने सो शिर्षकमा १ करोड २ लाख मात्र व्यवस्थापन गर्नु परेको छ ।

गैर संचालन मुनाफा २० करोड माथि :
फाइनान्सको गैर संचालन मुनाफा २० करोड ४२ लाख रहेको छ । यसरी २० करोड माथिको फाईनान्सले आफ्नो नामको कुनै सम्पत्ति बेचेर मुनाफामा आकर्षक वृद्धि देखाउन सफल भएको हाे ।

खुद मुनाफा २८४ प्रतिशतले वृद्धि  :
गैर संचालन मुनाफा २० करोड माथि भए संगै कम्पनीको खुद मुनाफा २८४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा ७ करोड ३१ लाख खुद मुनाफा गरेकोमा आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म २८ करोड ९ लाख खुद मुनाफा गरेको छ ।

प्रतिशेयर आम्दानी ३४ रुपैयाँ :
कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा रहेको छ । खुद मुनाफामा आकर्षक वृद्धि भए संगै कम्पनीको प्रतिशेयर आम्दानी पनि आकर्षक वृद्धि भएको छ ।

नोट : श्रावण ८ गतेको बजार मूल्य

मूल्य आम्दानी अनुपात ८ गुणा :
कम्पनीको अन्तिम बजार मूल्यको आधारमा कम्पनीको मूल्य आम्दानी ८ दशमलव ५९ गुणा रहेको छ।

खराब कर्जा ३ प्रतिशत माथि :
फाइनान्सको खराब कर्जा भने अलिक धेरै रहेको छ। खराब कर्जा ३ दशमलव ३६ प्रतिशत रहेको छ।

आधार व्याज दर घट्यो
आधार व्याजदर घट्दै १० दशमवल ६७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष ०७५/७६मा आधार व्याजदर ११ दशमलव ३४ प्रतिशत थियो ।

वितरण योग्य मुनाफा ११ करोड ९४ लाख :
कम्पनीको वितरण योग्य मुनाफा ११ करोड ९४ लाख रहेको छ। यो वितरण योग्य मुनाफाको आधारमा कम्पनीको लाभांश दिन क्षमता १४ प्रतिशतको हाराहारीमा हुन्छ ।

२० करोड माथि गैर संचालन मुनाफा नभएको भए के हुन्थ्यो ?

कम्पनीले यदि २० करोडको गैरसंचालन मुनाफा नगरेको भए कम्पनीको कर अघिकाे मुनाफा १९ करोड माथि मात्र हुन्थ्यो र ३० प्रतिशत रकम करलाई राख्दा कम्पनीको मुनाफा जम्मा १३ करोड माथि देखिन्थ्यो ।

एनएफआरएस प्रणाली अनुसार कम्पनीले मुनाफाबाट १० करोड २४ लाख रुपैयाँ रेगुलटरी रिजर्भमा व्यवास्थापन गर्नु परेको छ । यदी कम्पनीले गैर संचालन मुनाफा नगरेको भए कम्पनीको वितरण योग्य मुनाफा जम्मा ३ करोडको हाराहारीमा हुने सम्भावना थियो । जसबाट लगानीकर्ताले निकै थोरै लाभांश पाउँथे ।

निस्कर्ष : कम्पनीको अहिले प्रतिशेयर आम्दानी निकै धेरै रहेको छ । लगानीकर्ताहरु आकर्षक प्रतिशेयर आम्दानी र कम मूल्य आम्दानी देखिएकोले यो शेयरमा धेरै आकर्षित भएको देखिन्छन् । लगानीकर्ताहरुले कम्पनीले गरेको आम्दानी कहाँबाट आएको हो भन्ने कुरा ध्यान दिनुपर्छ । कम्पनीले सधै गरिरहने व्यापारमार्फतबाट आएको आम्दानी टिकाउ हुन्छ भने कुनै सम्पत्ति बेचेर आएको आम्दानीले अर्को वर्ष सो तुलनामा आम्दानी वृद्धि नहुन पनि सक्छ ।

अहिलेको वितरणयोग्य मुनाफालाई अधार मान्दा कम्पनीले १४ प्रतिशतको हाराहारीमा लाभांश दिन सक्छ।

प्रतिवाद: उपलब्ध तथ्यांकले गरिएको विश्लेषणमा निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

बीमा कम्पनी शिखर इन्स्योरेन्सको ओरालो यात्रा, व्यापार घट्दै ! बीमा कम्पनी शिखर इन्स्योरेन्सको ओरालो यात्रा, व्यापार घट्दै ! २ महिना पहिले
मेगा बैंकको वित्तीय अवस्था हेरेर गण्डकीका शेयरधनी जिल्लाराम, बैंकको अधिकांश सूचक नकारात्मक मेगा बैंकको वित्तीय अवस्था हेरेर गण्डकीका शेयरधनी जिल्लाराम, बैंकको अधिकांश सूचक नकारात्मक २ महिना पहिले
सिद्धार्थ बैंकको उल्टो यात्रा, अधिकांश सूचक खस्किँदा वितरणयोग्य मुनाफा अत्यन्त कम ! खराब कर्जा दोब्बरले वृद्धि सिद्धार्थ बैंकको उल्टो यात्रा, अधिकांश सूचक खस्किँदा वितरणयोग्य मुनाफा अत्यन्त कम ! खराब कर्जा दोब्बरले वृद्धि २ महिना पहिले
एशियन लाईफ इन्स्योरेन्सको त्रुटिपूर्ण रिपोर्ट, प्रतिशेयर आम्दानी धेरै देखाएर ठगी ?  एशियन लाईफ इन्स्योरेन्सको त्रुटिपूर्ण रिपोर्ट, प्रतिशेयर आम्दानी धेरै देखाएर ठगी ?  ४ महिना पहिले
एक नम्बर बैंक बन्न हिडेंको एनआईसी एशियालाई लाग्यो ठेस, ईपीएसमा तेश्रो, वितरणयोग्य मुनाफामा निकै तल एक नम्बर बैंक बन्न हिडेंको एनआईसी एशियालाई लाग्यो ठेस, ईपीएसमा तेश्रो, वितरणयोग्य मुनाफामा निकै तल ५ महिना पहिले
नेपाल बैंकले यसरी झुक्यायाे लगानीकर्तालाई, राष्ट्र बैंकले कारवाही गर्ला ? नेपाल बैंकले यसरी झुक्यायाे लगानीकर्तालाई, राष्ट्र बैंकले कारवाही गर्ला ? ५ महिना पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हास्यकलाकार पौडेललाई मातृशोक हास्यकलाकार पौडेललाई मातृशोक २२ घण्टा पहिले
राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) १८ घण्टा पहिले
‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने २३ घण्टा पहिले
जोखिम कायमै रहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जोखिम कायमै रहेकोले चाडपर्व लक्षित निषेधाज्ञा ४ घण्टा पहिले
सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य १९ घण्टा पहिले
किसानलाई अलैँची टिप्ने चटारो किसानलाई अलैँची टिप्ने चटारो २० घण्टा पहिले
नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै २२ घण्टा पहिले
थप ३७९० जनामा संक्रमण पुष्टि, २३३५ डिस्चार्ज थप ३७९० जनामा संक्रमण पुष्टि, २३३५ डिस्चार्ज १९ घण्टा पहिले
राप्रपा अध्यक्ष राणाबाट प्रा. डा. केसीको जीवनप्रति गम्भीर बन्न आग्रह राप्रपा अध्यक्ष राणाबाट प्रा. डा. केसीको जीवनप्रति गम्भीर बन्न आग्रह ३ हप्ता पहिले
महानायक राजेश हमाल खलनायक भएको भन्दै पुत्ला दहन, क्रिश्चियनको पैसा खाएको आरोप महानायक राजेश हमाल खलनायक भएको भन्दै पुत्ला दहन, क्रिश्चियनको पैसा खाएको आरोप ७ दिन पहिले
शिवको चिन्ता : संगीतमा विषादी मिसाउन थालियो ! शिवको चिन्ता : संगीतमा विषादी मिसाउन थालियो ! ५ दिन पहिले
बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु ४ हप्ता पहिले
सहकारीमा एकल सदस्य खारेजीको माग गदै सर्वोच्च अदालतमा रिट दायर सहकारीमा एकल सदस्य खारेजीको माग गदै सर्वोच्च अदालतमा रिट दायर २ हप्ता पहिले
जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ ७ दिन पहिले
रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण ३ हप्ता पहिले
स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु, एकको जीवितै उद्धार ! स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु, एकको जीवितै उद्धार ! ४ हप्ता पहिले