भोलिदेखि फेरि तीन दिनसम्म भारी बर्षाको सम्भावना
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १३:२१:३५
११ साउन, काठमाडौं । भोलिदेखि फेरि तीन दिनसम्म भारी बर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलिदेखि आगामी बिहीबारसम्म देशका धेरै ठाउँमा पार्नी पर्ने सम्भावना छ । केही ठाउँमा भने भारी बर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि बर्षा सुरु हुने विभागको पूर्वानुमान छ । ‘आउँदो सोमबार साउन १२ रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ’ विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बर्षापछि बाढी र पहिरो आउन सक्ने भन्दै सतर्क रहने महाशाखाले आग्रह गरेको छ । यस्तै आज पनि केही ठाउँमा बर्षा हुने सम्भावना छ । देशका धेरै ठाउँमा आंशिकदेखि मध्यम बर्षा हुने सक्ने मौसमविदले बताएका छन् ।
आज राती प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने सम्भावना पनि छ । यसअघि आएको बाढी तथा पहिरोले ठूलो क्षति भएकाले सतर्क भएर बस्न पनि मौमसविदले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार