विराटनगरको भन्सार राजश्वको लक्ष्यमा ५७ प्रतिशत प्रगति
Advertisement

११ साउन, विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो । तुलानात्मकरुपमा अघिल्लो आवभन्दा गएको आवमा रु चार करोड ८१ लाख ६२ हजार ६३२ ले कम राजस्व सङ्कलन भएको लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिए ।

सङ्कलित राजस्वमा घर जग्गा रजिष्ट्रेशन, बैंक दृष्टि, रोक्कालगायतबाट रु ४६ करोड ३३ लाख ७४ हजार नौ, पूर्जा बिक्रीतर्फ रु दुई लाख २४ हजार २५०, बेरुजु दाखिलातर्फ रु पाँच लाख ४५ हजार ५१६, पूँजिगत लाभकार रु २० करोड ९७ लाख चार हजार ६३३, न्यायिक दस्तुर रु चार लाख ८९ हजार ४५७ र अन्यबाट रु दुई लाख २० हजार १३ रहेको छ ।

Advertisement

कोरोनाको महामारीका कारण नेपाल सरकारले गएको चैत ११ गते घोषणा गरेको बन्दाबन्दीले धेरै समयसम्म कार्यालयमा सेवाग्राही नआएकाले मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वमा पनि असर परेको अधिकृत श्रेष्ठले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०७६/७७ मा रु तीन करोड १९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । यी राजस्व सवारी नियम उल्लङ्घन गरेका कारण कारवाहीस्वरुप ट्राफिक प्रहरीले असुल गरेको छ ।

कारवाहीमा परेका १० हजार ७७० ट्रकबाट रु ६३ लाख ६६ हजार, तीन हजार ९१ बसबाट रु २२ लाख २९ हजार, जीप/कारबाट १० हजार १७२ बाट रु ५७ लाख १८ हजार, छ हजार ५१ ट्रयाक्टरबाट रु ३७ लाख नौ हजार तथा मोटरसाइकल १९ हजार ३०४ थानबाट रु एक करोड १५ लाख ८६ हजार ५०० छन् ।

मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउँदा दुई हजार १६५ जना, नो पार्किङ स्थानमा सवारीसाधन पार्किङ गर्दा एक हजार १६१ जनासहित तीन हजार ९२१ जना कारवाही रु २३ लाख ८७ हजार जरिवाना असुल गरेको ट्राफिक प्रहरी निरीक्षक राकेश पोद्दारले जानकारी दिए ।

Advertisement
Previous articleपश्चिम बागलुङमा यसै वर्ष बिजुली बल्ने
Next articleन्यायालयमा राजनीति र अपराध
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here