विपद् प्रभावित सुरक्षित स्थानमा
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २०:११:५६
११ साउन, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ ।
केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका–८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका कारण पाँच परिवारका छ घर पूर्णरुपमा क्षति हँुदा २१ जना प्रभावित भएका छन् । पहिराका कारण सात घर उच्च जोखिममा पर्दा २९ जना र ४३ घर जोखिम हुँदा २५१ जना प्रभावित भएका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिएको हो ।
प्रजिअ ढकालका अनुसार पहिरामा परी २१ बाख्रा, दुई राँगा र एक भैँसी पुरिएका छन् । “खोज उद्धारका क्रममा जोखिममा रहेकामध्ये २० परिवारलाई स्थानीय विद्यालयमा लगी सुरक्षित स्थानमा राखिएको र १० घरको सरसामान सुरक्षित स्थानमा सारिएको छ”, उनले भने, “घटना घटेको केही समयमा नै पहिरोबाट प्रभावित जनसमुदायलाई जिल्ला विपद् व्यवस्थापन समिति, बेलकोटगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र स्थानीयको समन्वयमा पीडित घरपरिवारलाई सम्बन्धित ठाउँमै पुगी बस्न र खानाकालागि टेन्ट, त्रिपाल र खाध्य राहत सामग्री वितरण गरेका छौँ ।”
प्रजिअ ढकालले पहिराबाट पूर्णरुपमा घर क्षति भएका पाँच परिवारलाई पाँच थान टेन्ट, पाँच सेट गैरखाद्य सामग्री वितरण गरिएको छ भने जोखिममा रहेका घरका लागि दुई थान टेन्ट र ४० थान त्रिपाल बेलकोटगढी–५ को वडा कार्यालयको जिम्मा लगाएको बताए । उनले पहिराबाट प्रभावित भएका परिवारलाई छिटोभन्दा छिटो आवश्यक खाद्यान्न र रकम पु¥याउने प्रयास भइरहेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले पहिरामा परी बेलकोट–८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको आफ्नै घर भत्किएर पुरिँदा मृत्यु भएको जानकारी दिए । घटनामा उद्धारका लागि नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणका सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी बल, खोज उद्धार समितिका सदस्य र निजामति कर्मचारीलगायतको समन्वयमा उद्धार कार्य गरिएको प्रहरी निरीक्षक पण्डितले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार