बुद्ध होलिडेजको सस्तो आकर्षक होलिडे प्याकेज
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २२:१:२१
११ साउन, काठमाडौं । बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि पनि बढेको छ ।
आगामी भदौ १५ गतेदेखि होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुल्दैछन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । वायुसेवा प्रदायक कम्पनीले उत्साहपूर्वक उडानको तयारी गरिरहेका छन् । स्वास्थ्य प्रोटोकल बनाएर सुरक्षित उडानको पूर्वअभ्यासका साथै बुकिङ खुलाएर आकर्षक प्याकेजसमेत बनाइरहेका छन् ।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अहिलेको स्थितिलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको कम्पनीले जनाएको हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो ।
दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ ।
यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो ।
प्याकेजको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटनलाई चलायमान तथा प्रवद्र्धन गरी हाम्रा सेवा सुरक्षित छन् भनी विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको होलिडेजका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० आस्था बस्नेतले बताए।
सङ्क्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरशः पालना गर्दै यात्रु तथा पर्यटकलाई सङक्रमणरहित घुमफिरका लागि पनि बुद्ध होलिडेजले अनुरोध गरेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेस्टुराँ तथा त्यहाँ रहेका कामदारलाई पनि समेटेको सिइओ बस्नेतले भने, “सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी संवेदनशील रहेका छौँ र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्नेछौँ ।”
बुद्ध एयरले ११ एटिआर जहाजसहित १३ जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । निजी क्षेत्रका यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि उडान तथा सहुलियतका प्याकेज घोषणा गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार