आज नेप्से परिसूचक झिनो अङ्कले ओरोलो
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार ०:५७:११
१२ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज २.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५, व्यापार ७।०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१, जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड ४४ लाख १९ हजार ९४७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ८८ लाख ६१ हजार १९४, नबिल बैंक रु नौ करोड नौ लाख नौ हजार ५५, एनआइसी एशिया लघुवित्त रु सात करोड ७९ लाख २० हजार ८५, एनआइसी एशिया बैंक रु छ करोड नौ लाख ९२ हजार ७९७ बराबरको कारोबार शीर्ष स्थानमा रहे ।
श्रीराम सुगर मिल्स ४.९७, नेपाल बैंक लिमिटेड ४.८७, कालिका पावर ४.५५, मितेरी डेभपलपमेन्ट बैंक ४.५३, प्रभु बैंकका लगानीकर्ताले ४.३८ प्रतिशतले कमाए । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन ०.०७, राष्ट्रिय बीमा कम्पनी ०।१०, ग्लोबल आईएमई समुन्नत स्किम–१ ०.११ र नबिल बैंकका लगानीकर्ताले ०.१२ प्रतिशतले गुमाए ।
बन्द उद्योगको सेयर कारोबार
सेयर बजारमा आज एउटा रमाइलो घटनाक्रम भने देखियो । उद्योग बन्द गर्ने सूचना दिएको श्रीराम सुगर मिल्सको सेयरमा लगानीकर्ताका आकर्षण देखियो । आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको सो उद्योगको सेयर प्रतिकित्ता ३३८ मा कारोबार भयो । आज सो उद्योगको सेयर प्रतिकित्ता रु १६ ले वृद्धि भयो ।
प्रतिकित्ता रु ३२२ मा कारोबार शुरु भएको सो कम्पनीको सेयरमा एकाएक वृद्धि भई ३३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यसअघि नै सार्वजनिक भइसकेको थियो । जानकारहरुका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारीलगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिएसँगै श्रीराम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।
कर्मचारीलाई तलबभत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबारदेखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५/७६ सम्म कम्पनीको कूल घाटा रु दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ पुगेको छ । नेपालको पुरानोमध्येको एक श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मङ्गलबारदेखि भने सो कम्पनीको सेयर नियमित कारोबार हुनेछैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार