वातावरण संरक्षण गर्न स्थानीयवासीकाे माग
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १३:८:१२
१३ साउन, मङ्गलबारे । इलाममा निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन काम नगरेको जनाउँदै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी परियोजना सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर आयोजनामा लगाएको स्थानीयवासीले आरोप लगाएका हुन् ।
माइखोलाको पानीबाट निर्माण भइरहेको परियोजनाले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीय सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । माइखोलाको पानीबाट निर्माण हुनुपर्ने परियोजनाले अन्य साना खोला र खोल्साबाट समेत पानी मिसाएको स्थानीयवासी जनाएका छन् । बर्खाको समयमा जे–जसो भए पनि हिउँदका दिनमा परियोजनासँग पानी माग्नुपर्ने स्थिति आएको स्थानीय कुशबहादुर थेवेले बताए ।
परियोजनाको मुख्य पानीको स्रोत माइखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ । तर परियोजनाले स–साना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि वस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरुको दाबी छ । माइखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरुको भनाइ छ ।
सङ्घर्ष समितिले इङला र समाहखोलाको पानी ल्याउनका लागि बनाइँदै गरेको संरचना तत्काल रोक्न उनीहरुले आग्रह गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका संयोजक गोपाल थेवेको भनाइ छ ।
परियोजना सञ्चालन भएपछि मेगावाटअनुसार स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको रकम व्यहोर्नुपर्ने प्रावधान हुन्छ । तर सो रकमको पारदर्शितासमेत नरहेको उनको भनाइ छ । काम रोक्ने उनीहरुले चेतावनी दिएका छन् । आफ्ना माग सम्बोधन नगरे कानूनी प्रक्रियामा जान आफूहरु तयार रहेको उनीहरुको भनाइ छ । सहायक खोलाको पानी मिसाउँदा सो क्षेत्रमा सुक्खा लाग्ने र खोलामा कमिला कुद्ने भएकाले पनि सो स्थिति आउन नदिन जनप्रदर्शनदेखि कानूनी उपचारसम्मको बाटो रोज्नुपर्ने दिन आएको सङ्घर्ष समितिका सचिव मानबहादुर गुरुङले बताए। समिति सदस्य हुकुमलाल थेवेले मनोवैज्ञानिक त्राससमेत देखाउने गरेकाले पनि आफूहरु आफ्ना मुद्दामा दृढताका साथ लागेको बताए । उनले हप्काउने र तर्साउने कार्य बन्द गर्नसमेत आग्रह गरे ।
सहायक खोलाको पानी समेत परियोजनामा मिसाउँदा वातावरणीय प्रभाव पर्ने र सिँचाइका लागि असुविधा हुने भएकाले अन्य खोलाको पानी परियोजनामा मिसाउन नहुने उनीहरुको भनाइ छ । पटक–पटक परियोजना सञ्चालकसँग आग्रह गरेपनि परियोजनाले कुनै सुनुवाइ नगरेको उनीहरुको भनाइ छ । परियोजनासमक्ष वातावरणीय प्रभाव मूल्याङ्कनलगायतको प्रतिवेदन माग गर्दा आलटाल गर्ने गरेको प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ । परियोजनाले स्थानीयवासीको सरोकारलाई बेवास्ता गर्ने र अवैधरूपमा अन्य खोलाको पानी मिसाउन खोजेपछि आन्दोलनको आवश्यक परेको सङ्घर्ष समितिको ठहर छ ।
सन्दकपुर , माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति गठन गरेका हुन् । इलाम बजारमा पत्रकार सम्मेलन गर्दै स्थानीयासीले उठाएका माग उल्लङ्घन गरे प्रतिकारमा उत्रिने चेतावनी दिँदै आएका छन् । उनीहरुले परियोजनाले प्राकृतिक, धार्मिक सांस्कृतिक र जैविक असर गर्ने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार