११ लाखको सडक खन्दा ४९ लाखको सिँचाई आयोजना क्षतविक्षत !
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १५:४:४
१३ साउन, बागलुङ । सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्किएपछि ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिँचाइ कुलो रहेकै ठाउँबाट कच्ची सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।
बिनामारेको निरिङ्गे करिडोरदेखि वडा नं ४ सर्कुवाको मौलाछसम्म नयाँ ट्र्याक खोल्ने क्रममा बैराबासे तल्लो सिर्से कुलोको अधिकांश भाग भत्काइदिएको छ । वडाले गत आर्थिक वर्षमा झण्डै रु ११ लाख खर्चेर कालीगण्डकी करिडोरको निरिङ्गेबाट वडा नं ४ को मौलाछसम्मको कच्ची सडकको ट्र्याक खोलेको वडाध्यक्ष गोपालप्रसाद पौडेलले बताए।
कुलो भत्किएका कारण बैराबासे, घडेरी, तल्लोसिर्सेलगायतका फाँटमा रहेको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको स्थानीय नारायण उनले बताए । ‘जेनतेन भल छोपेर रोपाइँ गरियो, अब पानी कसरी लगाउनु”, उनले भने, “एक÷दुई परिवारलाई बाटो पु¥याउँदा दर्जनौँ परिवारको माड खोसियो ।” उब्जाउ हुने खेतमा पु¥याइएको कुलो मासिँदा किसान मर्कामा परेको पौडेलले बताए । “सडक अरु पनि थिए, खेतमै आँखा लगाए” उनले भने , “नयाँ सडक चाहिएकै होइन, सिँचाइको वैकल्पिक व्यवस्था पनि छैन ।”
विसं २०५८ मा रु ४९ लाख ९६ हजार खर्चेर उक्त कुलो निर्माण भएको थियो । जनसहभागितासहित निर्माण भएको कुलो सानो रकम खर्चेको सडकले क्षतविक्षत बनाएको उनको गुनासो थियो । वडा कार्यालयले भने धेरै पहिला निर्माण भएको कुलो ठाउँठाउँमा भत्किएको र मर्मतमा सधैँ समस्या हुने भएकाले सडक र कुलो एकैपटक बन्ने गरी काम गरेको जनाएको छ ।
“कुलो पनि बनोस् र सडक पनि बनाउँ भन्ने मान्यताले बनाइएको हो”, वडाध्यक्ष पौडेलले भने , “विस्तृत योजना बनेको छ यो वर्षलाई समस्या भयो ।” बिनामारेमा २०० मिटरको दूरीमा तीन सडक बनेका छन् । खेतीयोग्य जमिन मासेर धेरै सडक नबनाउन स्थानीयवासीले आग्रह गर्दै आएका छन् । “पहिला सबै उपभोक्ताको सहमति लिएरै काम गरेको हो, अहिले समस्या भयो भन्छन्”, उनले भने, “बाटो र कुलो पनि एकैपटक व्यवस्थित कहाँ हुन्छ र रु हामी विस्तारै गर्दै जान्छौँ ।”
सडकसँगै बनाइएको कच्ची नाली पहिरोका कारण ठाउँठाउँमा पुरिएकाले किसानलाई थप समस्या भएको छ । “वर्षाले पहिरो ल्यायो, सडक छेउको कच्ची नालीले काम गरेन्”, वडा सदस्य देवेन्द्र रेग्मीले भने, “सडक बनाउँदा समस्या आयो समाधान खोजिँदै छ ।” रोपाइँ सकेका किसानले हिउँदे खेतीको लागि समेत सिँचाइको समस्या हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ मुख्य प्रायोजन
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार