दक्षिण अफ्रिकालाई मुद्राकोषको ४ अर्ब ३० करोड डलर सहायता
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १९:१४:४७
१३ साउन, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना भाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई सम्बोधन गर्न आपतकालीन आर्थिक व्यवस्था ‘आरएफई’ मार्फत उक्त सहायता दिन लागिएको उल्लेख छ ।
अफ्रिकी महादेशमा दक्षिण अफ्रिकामा सबैभन्दा बढी औद्योगिक कलकारखाना रहेका छन् । यहाँ सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । सोमबारसम्ममा चार लाख ४५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने छ हजार ७६९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाका अर्थमन्त्री टिटो माबोवेनीले मुलुकको अर्थतन्त्र यस वर्ष सन् २०२० मा करिब ७.२ प्रतिशतले खुम्चने पूर्वानुमान गरेका छन् । दक्षिण अफ्रिकाको ९० वर्षको इतिहासमा यो सबैभन्दा बढी खुम्च्याइ हो । मन्त्री टिटोले व्यापक रुपमा बढेको सार्वजनिक ऋण अर्को चुनौतीको रुपमा देखिएको बताए ।
दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्राकोषबाट प्राप्त हुने रकम ऋण स्थिर राख्न, रोजगारी सिर्जना गर्न, कोविड–१९ सँग जुध्नुपर्ने स्वास्थ्यकर्मीलाई मद्दत गर्न तथा आर्थिक वृद्धि हुनेगरी अर्थतन्त्रलाई सुधार गर्न खर्च गरिने जनाएको छ ।
मुद्राकोषका उपव्यवस्थापक जियोफ्री ओकामोटोले दक्षिण अफ्रिकाको न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र व्यापक बन्दै गएको असमानताले मुलुकको समग्र अर्थतन्त्र गहिरो मन्दीतर्फ जान लागेको बताए। मुद्राकोषको आरएफआई कार्यक्रममार्फत प्राप्त हुने रकमबाट दक्षिण अफ्रिकाको भुक्तानी सन्तुलनमा मद्दत पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार