हुलाकमा चिठ्ठीपत्र आउनै छाडे
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १९:४३:१९
१३ साउन, नारायणपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ निवासी ४२ वर्षीया रिमा नेपाली दश वर्ष पहिले दुई÷तीन महिनाको अन्तरालमा हुलाक कार्यालयमा पुर्थे । उनी विदेशमा रहेका श्रीमानलाई घरपरिवारको मायाको पोको हुलाकमा पत्र खसाल्न जाने गर्थे ।
उनका श्रीमान् अहिले पनि मलेसियामा छन । तर, आजभोलि रिमा हुलाक कार्यालय जान छाडेको वर्षौ भइसकेको छ । सन्देश पठाउन र प्राप्त गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने नेपाली बताउछन । फोनमा कुराकानी मात्र होइन उनले अहिले विभिन्न अनलाइन माध्यम प्रयोग गरेर एक अर्कालाई हेरेर दैनिकजसो कुरा गर्न थालेका छन् ।
उनी जस्तै अहिले अधिकांश मानिस सन्देश पठाउन र पाउनकै लागि हुलाकको प्रयोग गर्न छाडिसकेका छन् । अहिले प्रविधिको विकाससँगै छिनभरमै सजिलै सन्देश पठाउन सकिन्छ । कुरा गर्न सकिन्छ । प्रत्यक्ष हेर्न सकिन्छ । यसले गर्दा १० वर्षअघि रिमा नेपाली जस्तै हुलाक कार्यालयमा जानुपर्ने बाध्यता अहिले हटेको छ ।
जिल्ला हुलाक कार्यालय दाङमा व्यक्तिगत रुपमा पठाउने चिठीपत्र लगभग शून्य जस्तै भएको कार्यालय प्रमुख शोभाराम बस्नेत बताउछन । “सरकारी कार्यालयमा पठाउनुपर्ने सक्कली पत्रत अहिले पनि आएकै हुन्छ तर पहिले जस्तो बोराका–बोरा व्यक्तिगत रुपमा पठाउने पत्र भने लगभग शून्य जस्तै भएको छ” उनले भने ।
नागरिकमा सञ्चारको पहुँच पुगेसँगै हुलाकबाट व्यक्तिगत रुपमा चिठीपत्र पठाउन छाडेको बताउँदै हुलाक कार्यालयलाई पनि सोही अनुसार परिस्कृत गर्दै लगिएको कार्यालय प्रमुख बस्नेत दाबी गर्छन । बस्नेतका अनुसार अहिले पनि कार्यालयबाट आन्तरिक तथा बाह्य चिठीपत्र, डाँक वस्तु सम्बन्धितस्थलमा पठाउने, हुलाक टिकट बिक्री गर्ने, हुलाक बैंक सेवा, धनादेश सेवा उपलब्ध गराउने, सूचनाको हक कार्यान्वयनसम्बन्धी कार्यको अनुगमन गर्नेलगायत रेडियो, टेलिभिजनको इजाजतपत्र, लाइसेन्स नवीकरण गर्ने कार्य भइरहेको बताए ।
जिल्ला हुलाक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभित्र तीन हजार ५३९ वटा चिठीपत्र आएको छ भने दाङ जिल्लाबाट बाहिर तीन हजार २२० वटा चिठीपत्र पठाइएको छ । त्यसैगरी अन्य स्थानबाट प्राप्त रजिष्ट्रर गरिएका पत्र १७ हजार ७७९ रहेको छ भने जिल्लामा दर्ता गरिएका पत्रको सङ्ख्या नौ हजार २४५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार
शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
बैशाख ६, २०८१ बिहिबार
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
बैशाख ६, २०८१ बिहिबार
नमुना शहर बनाइने तालढुङ्गा
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार