सङ्कलन गर्न नसक्दा जङ्गलमै कुहिए जडिबुटी
Advertisement

१३ साउन, मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष जङ्गली जडीबुटी सङ्कलन गर्न सकिएन । मनाङलगायत हिमाली जिल्लामा पाइने अमूल्य जङ्गली जडीबुटी सङ्कलन गर्न नसक्दा जङ्गलमै कुहिएको छ । जडीबुटी सङ्कलन गर्न जङ्गल जाने समयमा कोभिड–१९ को सङ्क्रमण फैलिएकाले जडीबुटी खोज्न रोक लगाइएको थियो । यार्सागुम्बा टिप्ने समयमा कोभिडको त्रासले रोक लगाउँदा करोडौँको जडीबुटी खेर गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

जिल्लावासीसहित बाहिरी जिल्लाबाट जङ्गली जडीबुटी खोज्न जाँदा कोभिडको सङ्क्रमण फैलन सक्ने त्रासले रोक लगाउँदा जिल्लाको आयस्रोत नै घटेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देशमा बन्दाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो ।

जिल्लाको प्रमुख आम्दानी नै यार्सागुम्बा रहे पनि सङ्कलन गर्न नपाउँदा कुहिएर खेर गएको उनको भनाइ छ । महँगो र लोपोन्मुख बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने याममा बन्दाबन्दी गरिएकाले सङ्कलन गर्न नसकेको धेरै नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको पौडेलको भनाइ छ । “सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरूप यार्सागुम्बा टिप्न रोक लगाउँदा कुहिएका छ”, नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।

Advertisement

यार्सागुम्बा सङ्कलनमा जाँदा धेरै भीडभाड हुने र जिल्ला बाहिरबाट पनि यार्सा सङ्कलनमा मानिसहरु आउँदा कोभिडको सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरिएकाले कुहिएर जङ्गलमै नष्ट भएका छन् । मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङ जिल्लाबाट यार्सा सङ्कलनका लागि मानिसहरु आउने गर्दछन् । यस वर्ष भने कोभिड–१९ को सङ्क्रमण जोखिमले गर्दा यार्सा टिप्न कहीँबाट पनि मानिसहरु आएका थिएनन् ।

नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्याम्पलगायत खर्कहरुमा यार्सा पाइन्छ । मनाङकै राजश्व सङ्कलनमा टेवा पु¥याउने यार्सा गुम्बा सङ्कलनमा रोक लगाइएपछि आयस्रोतसमेत घटेको संरक्षण व्यवस्थापन समिति (सिएमसी) तथा नासो गाउँपालिकाका अध्यक्ष घलेले बताए । वैशाख दोस्रो सातादेखि जेठसम्मको समयलाई यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय मानिन्छ ।

कोभिड सङ्क्रमणको जोखिम बढ्नुभन्दा मनाङमा यस वर्ष यार्सा टिप्न निषेध गरिँदा नै सुरक्षित भएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए । मनाङको मुख्य आयस्रोतका रूपमा रहेको यार्सागुम्बा टिप्न रोक लगाएर रोगको सङ्क्रमणको जोखिमबाट बचेकाले यस वर्ष जङ्गलमै कुहिए पनि दुःखित हुनुपर्ने अवस्था नरहेको तिरुवाले बताए । तालाडाँडा, लार्केपास, चीनको सीमामा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् ।

तिरुवाका अनुसार यस वर्ष जङ्गली जडीबुटीबाट रु ११ लाख ९२ हजार ८१५ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा सात लाख ७७ हजार ९२५ सङ्कलन गरिएको छ । त्यस्तै कार्यालयले जडीबुटीबाट रु छ लाख ६४ हजार २२५ रोयल्टी तिरेको उनले बताए । गत वर्ष रु २१ लाख ८९ हजार ९५५ राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा १३ लाख १३ हजार ९६५ सङ्कलन भएको थियो । रोयल्टीमा रु आठ लाख ७६ हजार ८४३ खर्च भएको छ ।

Advertisement
Previous articleशोभा र हेमन्तकाे ‘माईत जान मन छ’ सार्वजनिक
Next articleधौलागिरि अस्पतालले सञ्चालन गर्यो लिफ्ट सेवा
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here