सप्तरीमा न्यायाधीश, वकिलसहित ३३ संक्रमितको मूल जरो मृतक बृद्ध
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २१:४५:७
◊ धीरुभाइ
१३ सप्तरी । सप्तरीमा न्यायाधीश, सरकारी वकिल, प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । उनीहरुसहित हालसम्म ३३ जना संक्रमणको जरो एकै जना रहेको छ ।
गत ७ गते सरकारी वकिलमा कोरोना भेटिएको थियो । सरकारी वकिलपछि पछि उच्च अदालत जनकपुर, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
वकिलको सिधा सम्पर्कमा आएका व्यक्तिहरुसहित अदालतका कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्टमा न्यायाधीशको पोजेटिभ आएको उनले बताए । न्यायाधिशमा वकिलबाटै कोरोना संक्रमण भएको उनले भने, वकिलमा मृतक संक्रमित सामुने रहेको चिया नस्तापसलबाट सरेको कन्ट्याक्ट ट्रेसिङ्गबाट पत्ता लागेको छ ।
जिल्ला बाहिर जानका लागि वकिलले आफै पीसीआर परीक्षण गराउन गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड १९ को प्रयोगशालामा स्वाब दिएका थिए । तर, संक्रमित भइसकेपछि उहाँको कन्ट्याक्ट ट्रेकिङ्ग र ट्रेसिङ्ग गर्दा संक्रमणको जरोमा पुगेको बताइएको छ ।
यस्तै ३२ वर्षीय एक प्रहरीमा पनि संक्रमण भेटिएको छ । प्रहरीको पनि संक्रमणको जरो उही नै हो । गत आइतबार न्यायाधीश, प्रहरीसहित २० जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले बताइन । गत साउन १ गते राजविराज नगरपालिका ६ निवासी ७३ वर्षीय व्यापारीको कोरोनाबाट मृत्यु भएपछि उनको सिधा सम्पर्कमा आएका ३३ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले बताए ।
ती ३१ जनाभित्र वकिल, न्यायाधीश र प्रहरी पनि परेकोले कन्ट्याक्ट ट्रेसिङ्ग, र ट्रेकिङ्ग चुनौती बनेको उनको कथन छ । यता मृतक संक्रमतिको सम्पर्कमा आएका मृतकका ६७ वर्षीया पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाति र ११ वर्षीया नातिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
उनको ग्यास पलसमा काम गर्ने ४९ वर्षीय पुरुष र कलेजका साझेदार राजविराज ८ का ३७ वर्षका पुरुषमा संक्रमण पाइएको छ । यी दुई जनामा संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यको परीक्षण गर्दा राजविराज ८ का ३७ वर्षका पुरुषकी ३२ वर्षीया पत्नी तथा गजेन्द्रनारायण सिंह अस्पतालकी नर्समा संक्रमण भेटियो ।
अस्पतालका नर्समा समेत संक्रमण भेटाएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र आकस्मिक कक्षमा भर्ना भएका विरामीको स्वाब संकलन गरी परीक्षण गर्दा आकस्मिक कक्षका एक जना विरामीमा मात्र संक्रमण भेटिएको छ ।
यसैगरी मृतकको पसलमा काम गर्ने ४९ वर्षीय पुरुष संक्रमित भएपछि उनको कट्याक ट्रेसिङको आधारमा परीक्षण गर्दा उनकी ४० वर्षीया पत्नी, १५ वर्षीया छोरी, १७ वर्षीया भतिजी र १५ वर्षीय भतिजामा पनि संक्रमण भेटिएको छ ।
त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर छिमेकी लगायत भेटघाट गरेकाहरुको परीक्षणमा मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनको ४७ वर्षीया पत्नी पनि संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ्गमा भारतबाट आएलगत्तै बृद्धलाई भेट्न राजविराज ३ का एकजनामा गएको ६३ वर्षीय पुरुषमा र पुरुषबाट २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ पाइएको छ ।
त्यस्तै मृतकलाई उपचार गराउन धरानसम्म लिएर गएका गाडी चालक ४० वर्षीय चालकको पनि रिपोर्ट पोजेटिभ पाइएको छ । मृतकको घरमा गएर भाँडावर्तन, घर सफा गर्ने ५५ वर्षीया महिला पनि पोजेटिभ भेटिएको छ । मृतककै घर सामुने रहेको चिया नास्ता पसलका ६९ वर्षीय सञ्चालकसहित परिवारका चार सदस्यमा संक्रमित भएको छ । मृतक बृद्धको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय वृद्ध र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ भेटिएको छ ।
त्यसैगरी हिजो सोमबार १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अर्थात् हिजो साँझ अबेर १०८ जनाको रिपोर्टमा १५ जनामा संक्रमण भेटिएको हो । तीमध्ये राजविराज नगरपालिका ८ का २७ वर्षको पुरुष र वार्ड नम्बर ३ का २४ वर्ष पुरुषमा पुष्टि भएको संक्रमण मृतक बृद्धसँगै जोडिएको छ ।
मृतक बृद्धको कन्ट्याक्ट ट्रेसिङ्ग र ट्रेकिङ्गको आधारमा करिब ५०० जनाको स्वाब संकलन गरिएको छ । धेरैको रिपोर्ट आउन बाँकी रहेकोले संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यसरी संक्रमितको संख्या बढदै जाँदा मृतकको वार्ड नम्बर ६ सिरहा रोडको राममन्दिरदेखि सखडा मोडसम्म अनिश्चित कालको लागि पूर्ण निषेधित गरिएको छ ।
यससँगै राजविराज नगरलाई पनि अनिश्चित कालको लागि लकडाउन गरिएको छ । यता संक्रमित थप्दै गएपछि नगरवासी त्रसित भएका छन । घर बाहिर निस्किन चाहिरहेको छैन । नगरका चोक चौरहा, सडक प्राय सुनसान देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार