बैकिङ कसुरका फरार प्रतिवादी अदालतमा
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २२:४७:४७
१३ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार हुँदै आएका एक व्यक्तिलाई आज प्रहरीले अदालतमा पेश गरेको छ ।
मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमबार पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरेको हो ।
काठमाडौंको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।
उनी विरुद्धको मुद्दामा अदालतको गत माघ २९ को फैसलाले २५ दिन कैद र रु २४ लाख जरिवाना हुने ठहर गरेको थियो । लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवाला आकाश लामिछाने समेतका अन्य दुई जनालाई झुक्यानमा पारी बैंकहरुको चेक काटी दिएकामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार