वर्षाका कारण देशै भरका सडक दुई सातादेखि अवरुद्ध
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २२:५८:७
◊ सञ्चिता घिमिरे
१३ साउन, काठमाडौं । अविरल वर्षासहित बाढीपहिराेका कारण अवरुद्ध भएका कतिपय सडक दुई सातासम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न स्थानमा सडक र पुल नै बगाएका कारण तत्काल सञ्चालनमा आउन नसकेको हो ।
अरनिको राजमार्गअन्तर्गत जम्बु सडक गत असार २५ देखि अवरुद्ध छ । सो राजमार्गका झण्डै १६ स्थानमा पहिरो गए पनि अहिले हटाइसकिएको छ । जम्बुमा ५० मिटर सडक नै बगाएको छ । सो स्थानमा तत्काल आवगमन सञ्चालन गर्न सकिने अवस्था भई नसकेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए ।
डिभिजन सडक कार्यालय दोलाखाले अहिले त्यहाँ तलबाट पर्खाल लगाएर सडक सञ्चालन गर्न सकिन्छ कि भनी प्रयास गरिरहेको छ । उनले भने, “सकेसम्म चाँडो सडक चलाउन प्रयास भइरहेको छ ।” अरनिको राजमार्गमा अहिले पनि विभिन्न स्थानमा रहेका अवरोध पूर्णरुपमा हटिसकेको छैन । कोठे, लामोसाँघु बाह्बिसे, खुर्सानी बारी, सिरेशे, खग्दोल, चाकु, डाकलाङ्ग, कोप्लुङ्ग, घट्टेखोलागायतका स्थानमा सडक पहिरोका कारण अपरुद्ध रहेकामा हाल एकातर्फबाट सञ्चालन भएको छ ।
पहिलोपटक असार २५ गते अवरुद्ध भएको सडक हटाउने काम भइरहेपनि समय समयमा पहिरो गइरहेका कारण अवरुद्ध भइरहेको हो । झ्यालेमा पुल नै बगाएको छ । पुल वा सडक नै बगाएका स्थानमा बाहेक अरु स्थानमा पहिरो पन्छाएर सडकको अवरोध हटाउने काम भइरहेको उपमहानिर्देशक अधिकारीले बताए ।
पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने विभागले बताउँदै आएको छ । उनले भने, “हामीले सम्भव भएका स्थानमा दुई तर्फी नै र नभएका स्थानमा एकातर्फी सडक पुनः सञ्चालन गरेका छौँ ।” यस वर्ष वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ ।
वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी सयभन्दा बढी सडक बाढीपहिराका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । यसअघि अवरुद्ध रहेका नारायणगढ–मुग्लिन सडक र महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकमा पहिरो हटाएपछि हाल सञ्चालनमा रहेको छ ।
अरनिको राजमार्गसँगै बेनी–जोमसोम, साँफेबगर–मार्तडी, गल्छी–त्रिशूलीको तल्लो सडक र महाकाली राजमार्ग पनि अहिले अवरुद्ध छन् । अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । सडक र पुल बगाएका स्थानमा पानी कम नहुँदासम्म सञ्चालन गर्न नसकिने हुनसक्छ ।
बेनी–जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर, काभ्रेभीर, घोप्टे भीरलगायतका स्थानमा सडक अवरुद्ध छ । सडकमाथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको र नदीले बेलिब्रिज बगाएको कारण सो सडक अवरुद्ध रहेको हो । सडक खुलाउनका लागि सो सडक योजना कार्यालयले काम गरिरहेको छ ।
त्यस्तै, साँफेबगर–मार्तडी सडकअन्तर्गत अम्कोट द्वावारी, बल्दे खण्ड, अम्कोट, ताप्रीसेरा घट्टेखोला सडक साउन ४ देखि अवरुद्ध छ । कतिपय खण्ड गत असार २५ देखि अवरुद्ध रहेकामा अझै खुलिसकेको छैन । बूढिगङ्गा नदीको बहावले झण्डै ५०० मिटर सडक क्षतिग्रस्त हुँदा सो सडक अवरुद्ध भएको हो ।
महाकाली राजमार्गको सतबाँझ दार्चुला सडक ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षाका कारण सडक अवरुद्ध भएको हो । डुम्रे–बेँसीशहर चामे सडक योजनाअन्तर्गत विभिन्न स्थानका सडक अवरुद्ध रहेका छन् । कान्ति राजपथका विभिन्न स्थानमा सडक अवरुद्ध भइरहे पनि योजना कार्यालयले हटाउने काम गरिरहेको छ ।
विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभाग अन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको उपमहानिर्देशक अधिकारीले जानकारी दिए ।
विभागले वर्षा शुरु हुनुपहिले नै १८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भने, “नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ।”रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार