भारी बर्षाले संखुवासभाको तुम्लिङटार बजार डुबानमा
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ०:४१:२४
१३ साउन, संखुवासभा । लगातारको बर्सातका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेका हुन् ।
घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ ।
माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् ।
पहिरोले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता परियार र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार