पितृ प्रसादमा खिर खाँदा २८ जना बिरामी
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ०:५६:१२
१३ साउन, तानसेन । पाल्पाको रामपुरमा खिर खाएका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहटीका ओमबहादुर सुनारका बुबाको निधन भएको १३ औँ दिनको पून्यतिथिका अवसरमा पकाइएको खिर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।
बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । केही आज र आइतबारदेखि बिरामी परेका थिए । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।
अधिकृत कोइरालाका अनुसार ‘फुडपोइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ । बिरामी हुनेमा रामपुर–७ मोहटी, कठानलगायत १८ देखि ५९ वर्षसम्मका पुरुष तथा महिला रहेका छन् ।
रामपुर–७ बाहेक अन्य क्षेत्रका आफन्त पनि भोजमा सहभागी भएका कारण बिरामीको सङ्ख्या बढ्न सक्ने रामपुर नगरपालिका–७ का वडासदस्य कमलराज भट्टराईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार