पूर्वरथी कूलबहादुर खड्काको निधन
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार १:३२:३७
१३ साउन, काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ। मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा खड्काको निधन भएको हो ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार प्यान्क्रियाजको क्यान्सरबाट ग्रसित भएका खड्काको ६९ वर्षको उमेरमा मृत्यु भएको हो । खड्काको मंगलबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
२००८ सालमा लम्जुङमा जन्मिएका खड्का २०२७ सालमा नेपाली सेनामा भर्ती भएका थिए। २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गरेर खड्कालाई प्रधानसेनापति नियुक्त गरेका थिए ।
तर तत्कालीन राष्ट्रपति रामवरण यादवले खड्काको नियुक्तीलाई अनुमोदन गरेनन् । उल्टै कट्वाललाई नै प्रधानसेनापतिमा थमौती दिएका थिए । तत्कालिन राष्ट्रपति यादवले सरकारले बर्खास्त गरेको सेनापतिलाई थमौति दिएर निर्वाचित सरकारमाथि हस्तक्षेप गरेको भन्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रचण्डको राजीनामासँगै खड्काले सेनापतिमा नियुक्त भएपनि पद बहाली गर्न सकेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार