फेरियो बामदेवको गुट, बने फेरि ओलीकै भकुण्डो !
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार ५:२६:७
१३ साउन, काठमाडौं । तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई जंगलबाट सिंहदरबार ल्याउन दिलो ज्यान दिएर लागेका नेता हुन, बामदेव गौतम । त्यतिबेलाको एमालेमा ‘सफ्टलाइनर’ नेताका रुपमा चिनिने गौतम समन्वयको पाटोमा अरु नेताभन्दा एक कदम अगाडी मानिन्छन् ।
तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रचण्ड र बाबुरामलाई १२ बुँदेमार्फत सिंहदरबार ल्याउनुपूर्व बामदेव गौतम, कृष्ण सिटौला, रामचन्द्र पौडेल लगायतका नेताहरुले शान्तिवार्ताका लागि थुप्रै प्रयास गरेका थिए । त्यतिबेला कांग्रेस र माओवादीबीचमा चर्किदो एजेन्डाकै कारण बामदेव मध्यस्तकर्ताका रुपमा अरुभन्दा बढी सक्रिय थिए ।
बामपन्थी भएकै कारणले प्रचण्ड र बाबुरामलाई सिंहदरबार ल्याउन ऐतिहासिक भूमिका खेलेका बामदेवले तीन बर्षअघि अर्को इतिहास बनाए । कम्युनिष्टका नाममा अराजक मानिने माओवादीलाई नेकपा एमालेसँग एकता गराएर नेपालकै इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा बनाउन बामदेवले नै भूमिका खेले ।
आज धेरैलाई भ्रम छ, प्रचण्ड र ओलीबीच पार्टी एकता भयो । सहमति बन्यो । दुई बामपन्थी नेता मिले । तर सत्य त्यो होइन् । माओवादी बनिरहे द्धन्द्धकालिन मुद्दाले लखेटिरहने र चुनावमा तेस्रो शक्ति बन्न समेत हम्मे हम्मे परेपछि प्रचण्डले तत्कालिन एमालेसँग पहिले चुनावी एकता र पछि पार्टी एकता गरेका थिए ।
जसलाई सुत्राधार गरेका थिए, बामदेव गौतमले । कम्युनिष्ट राजनीतिका नाममा गुट बनाएर गुण्डागर्दीलाई सरंक्षण गर्ने आरोप लागिरहेका ओलीलाई माओवादीसँग पार्टी एकता गराउने सफल भूमिका बामदेवले निर्वाह गरेका थिए । बामदेवको सुत्रमा नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि भए । जसलाई अन्तिम रुप दिए, ओली र प्रचण्डले ।
ओली र प्रचण्डको राजनीतिक जीवनमा सबैभन्दा ठूलो सेतु र सैद्धान्तिक व्यक्ति भनेर उभिएका व्यक्ति हुन, बामदेव गौतम । प्रचण्डलाई जंगलबाट दिल्लीको १२ बँुदे सहमतिमार्फत सिंहदरबार ल्याएपछि ओलीलाई बामदेवले नै तत्कालिन एमालेको नवौ महाधिवेशनबाट अध्यक्ष बनाउन प्रमुख भूमिका खेलेका थिए ।
माधव नेपालसँग झिनो मतान्तरले विजयी भएका ओली त्यसयता सधै शक्तिमा रहे । दुई पटक प्रधानमन्त्री बने । अहिले पनि प्रधानमन्त्री र नेकपाको शक्तिशाली अध्यक्ष छन् । कम्युनिष्ट इतिहासमै सबैभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने अवसर पाए । अहिले पनि पाइरहेकै छन् । तर ओलीलाई यति ठूलो अवसर सिर्जना गरिदिने र राजनेता बन्ने बाटोमा अगाडी बढाउने बामदेव चाँही भकुण्डो मात्रै बनेका छन् ।
बामदेवको भकुण्डो यात्रा
पार्टी एकता गराएपछि नेकपाभित्र बामदेव सबैभन्दा महत्वपूर्ण नेता मानिन्थे । खासगरी ओली र प्रचण्डलाई एकै ठाउँमा ल्याउन सक्ने खुबी भएका नेताका रुपमा बामदेव परिचित भए । यसअघि यो काम कसैले यति दिगो र ऐतिहासिक रुपमा गर्न सकेको थिएन । एकपटक सत्ता सहकार्य भएर पनि टुटेका नेताहरुलाई बामदेवले नेकपाको इतिहास रच्ने बनाए ।
तर तिनै इतिहास रच्न लगाउने बामदेव भकुण्डो भइरहे । पार्टी एकता गराएर नेकपाले देशभरी जित हात पारेका बेला बामदेवले बर्दियामा चुनाव हारे । बामदेवलाई चुनाव हराउन ओलीले नै प्रमुख भूमिका खेलेको आरोप अहिले पनि बेला बेला लाग्ने गरेको छ । यद्यपी यो पुष्टि भएको छैन् ।
ओलीकै निर्देशनमा बामदेवलाई चुनावमा तत्कालिन एमाले र माओवादीले असहयोग अभियान चलाएका थिए । चुनाव जितेर दुईतिहाई बहुमतको सरकारमा ओली प्रधानमन्त्री बने । तर बामदेव भैसेपार्टीमै सिमित भए ।
त्यसयता बामदेवको भकुण्डो यात्रा रोकिएको छ्रैन् । ओलीबाट धोका पाएपछि बामदेव प्रचण्डको गुटमा लागे । जहाँ माधव नेपाल, झलनाथ खनाल पनि छन् । प्रचण्डकै पहलमा बामदेवलाई राष्ट्रियसभामा लैजाने कुरा उठ्यो । पार्टी एकताका अर्का सुत्राधार नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य भइसक्दा बामदेवलाई सांसद बन्न ओलीले दिएनन् ।
प्रचण्डले गुण लगाउन खोजेपनि ओलीले बामदेवलाई दुष्मन सम्झे । ओलीकै कारण बामदेव सांसद बन्नबाट बञ्चित भए । ओलीले बामदेवलाई भकुण्डो बनाउन केही समय अघि प्रधानमन्त्रीकै प्रस्ताव गरे । त्यो पनि ओलीको चाल थियो ।
जब जब ओलीलाई संकट आइपर्छ । बामदेव नै अघि सर्छन । तर ओली जहिले उनलाई भकुण्डो मात्रै बनाइरहन्छन् । यसपटक ओलीलाई साच्चै अफ्ठेरो मात्रै होइन, कसैगरी कुर्सी नजोगिने पक्कापक्की छ । यस्तो अवस्थामा फेरि एकपटक ओलीलाई जोगाउन बामदेव अघि सरेका छन् । स्थायी कमिटीमा सहमतिका लागि ६ बुँदे प्रस्ताव गरेका छन् ।
जहाँ ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदमा यथावत राख्नुपर्ने उल्लेख छ । प्रचण्डका नजरमा यो सही नभएपनि सहमतिका लागि सकारात्मक प्रस्ताव भएको नेकपाका नेताहरुले बताएका छन् ।
फेरियो समीकरण, तर व्यर्थ मात्रै !
बामदेवको सहयोगी मनलाई धन्यवाद दिन प्रधानमन्त्री ओली रातारात भैसैपाटी पुगेका छन् । अन्तिम समय आफूलाई काँध हालेकामा बामदेवलाई धन्यवाद भनेको हुनुपर्छ । ओलीले यस्तो संकटमा साथ दिने बामदेवलाई भेट्न जादै गर्दा एकपटक चुनावमा धोका दिएको सम्झे कि सम्झेनन् ?
नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दा पनि त्यसलाई कार्यान्वयन नगरेर गल्ती भयो भन्ने ठाने कि ठानेनन् ? हिजो एमालेको अध्यक्षदेखि आज नेकपाकै अध्यक्ष बनाउन प्रमुख भूमिका खेलेका बामदेवलाई आफ्नो सहयात्री बनाउनुको साटो प्रतिपक्षीमा धकेल्नु पाप थियो भनेर ओलीले पश्चाताप गरे कि गरेनन् ?
बालुवाटारबाट सत्ताको कुर्सी जोगाउन भैसेपाटी पुग्दै गर्दा ओलीका मनमा यी कुरा पक्कै खेलेका होलान् । तर यसले ओलीलाई तत्कालै राहत दिने सम्भावना कम छ । वामदेवका कारण ओली अब सचिवालयमा बहुमतमा पुगेका छन् । तर नेकपाको शक्ति र निर्णय अब सचिवालयमा होइन् । स्थायी कमिटीमा पुगिसकेको छ । त्यहाँबाट निकास ननिस्के केन्द्रिय समितिमा पुग्न सक्छ । यसले ओलीलाई झन घाटा हुने निश्चित छ ।
यस्तो अवस्थामा बामदेवले ओलीलाई काँध हाल्नु भनेको आफ्नै विगतमाथि गद्दारी गर्नु हो । अनि नेकपाको गुटगत समीकरण फेरेर पनि ओलीका लागि फेरि भकुण्डो बन्नु मात्रै हो । किनकी ओलीले अब नेकपाको इतिहास मात्रै बाँकी राखेका छन् । वर्तमान र भविष्य उनले लगभग बोली र व्यवहारबाट समाप्त गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार