डाँडापारिमा बिरामी परे हेलिकप्टरकै भर
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १६:२:५८
१४ साउन, काभ्रे । खानीखोला गाउँपालिका–६ का १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान मङ्गलबार दिउँसो हेलिकप्टर गाउँ पुग्यो तर हेलिकप्टर रित्तै फर्किए । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो ।
तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले मङ्गलबार बिहानै निर्णय गरे । सोहीअनुसार गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरे । लगत्तै प्रशासनले गृह मन्त्रालयलाई आग्रह गरी हेलिकप्टर गाउँ पु¥याइएको हो ।
सोमबार पनि खानीखोला गाउँपालिकाकै ४ नम्बर वडास्थित जगथलीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरियो । केही दिनदेखि व्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको अध्यक्ष खुलालले बताए ।
आइतबार पक्षघात रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो । एक हप्ताको बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि हेलिकप्टर प्रयोग गर्नुप¥यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन् । उनले भने, “वर्षायाममा गम्भीर बिरामी÷गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प छैन ।” उहाँका अनुसार महङ्गो भए पनि विकट क्षेत्रमा सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन हो ।
साउन महिनाको दुई सातामा महाभारत पर्वत शृङ्खलापारि ९डाँडापारी० अवस्थित दुई गाउँपालिका महाभारत र खानीखोलाका दुई गर्भवती र दुई बिरामीको उद्धार गरिएको छ । मनसुन शुरु भएसँगै बाढीपहिरोले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खानीखोला गाउँपालिका अध्यक्ष खुलालले बताए ।
हेलिकप्टरबाट बिरामी÷गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि काठमाडाँै लैजानुपर्ने अर्को बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । सरकारले विकट क्षेत्रका गम्भीर बिरामी तथा गर्भवतीको उद्धार गर्नका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७५ बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार