काठमाडौंको पटाप बस्ती पहिरोको जोखिममा
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १७:४८:२०
१४ साउन, काठमाडौं । जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ। वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् ।
पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिए । जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाए एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने उनले बताए ।
सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दङ्गालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गरेका छन् । उनका अनुसार जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्छ । अनि मात्र क्षतिबाट बच्न सकिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार