स्याङ्जाको सदरमुकाम पुलतीबजार शिल
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १९:२७:१९
१४ साउन, स्याङ्जा । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि ‘शिल’ गरिएको छ । प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका १० दिनका लागि शिल गरिएको हो ।
अत्यावश्यक सेवा बाहेकका कामहरु नगर्न भन्दै पुतलीबजार नगरपालिका १० दिनका लागि ‘शिल’ गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अनावश्यक हिडडुल र सवारी साधन चलाउन बन्द गरिएको छ ।
कोरोना संक्रमण समाजमा फैलिएको आशंकामा पुतलीबजार बजार बन्द गरिएको छ । ‘स्याङ्जाको सदरमुकाम पुलतीबजार शिल’ गरिएको १० दिन अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन स्थानीय प्रशासनले नगरवासिलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समाजमा गएको आशंका गरिएको छ ।
पुतलीबजार नगरपालिका ‘शिल’ भएसँगै सदरमुकामका बजार पूर्ण रुपमा बन्द भएको छ । समाजमा संक्रमण फैलिएको आशंकासँगै स्थानीयले कोरोना परिक्षण नागरिक स्तरमा लैजान आग्रह गरेका छन् ।
कोरोना संक्रमितहरुलाई पुतलीबजार नगरपालिका ११ करेण्डाँडास्थित र भीरकोट हेलुमा रहेको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार