सिटिजन्सको एसएमई तथा घर कर्जा ९.५०% वार्षिक ब्याजदरमा
Advertisement

१४ साउन, काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहक महानुभावहरुलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ ।

यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०% वार्षिक ब्याजदरमा नै जग्गा-घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नुहुनेछ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिनुहुने सम्पूर्ण ग्राहकहरुलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ । यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ ।

Advertisement

छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९% वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुका लागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ । सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको प्रवक्ता उमंग शर्माले बताए ।

Advertisement
Previous articleबालबिटौरी र गाउँब्लक जग्गा फुकुवा गर्न लहानवासीको माग
Next articleलगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here