प्रभुु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन १४ साउन, काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ । जततउकस्ररमझबतबउउथि।उचबदजगअबउष्तब।िअयm डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट ९कगदmष्त० गरेपछि पाउने रिफरेन्स कोड ९च्भाभचभलअभ ऋयमभ० राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ । यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेज मार्फत ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खाता सम्बन्धी जानकारी, नविकरण सम्बन्धी जानकारी, पासवर्ड रिसेट सम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लक सम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा प्रभु क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकले आगामी दिनमा एकदमै छिटो सेवा लिन पाउने व्यवस्था मिलाएको प्रबन्धक कृष्ण गिरीले बताए ।
Advertisement

१४ साउन, काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ ।

लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

https://dematapply.prabhucapital.com डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट (submit) गरेपछि पाउने रिफरेन्स कोड (Reference Code) राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।

Advertisement

यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेज मार्फत ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खाता सम्बन्धी जानकारी, नविकरण सम्बन्धी जानकारी, पासवर्ड रिसेट सम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लक सम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा प्रभु क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकले आगामी दिनमा एकदमै छिटो सेवा लिन पाउने व्यवस्था मिलाएको प्रबन्धक कृष्ण गिरीले बताए ।

Advertisement
Previous articleप्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख दिइने
Next articleसिपिएल खेल्न सन्दीप बिहीबार टोबागो जादै

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here