वायु प्रदूषण मापन मेसिन जडान
नेपालबहस संवाददाता
साउन १४, २०७७ बिहिबार १:५२:०
१४ साउन, विराटनगर । प्रदेश नं– १ को मोरङको विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ । खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ ।
विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ले मापन मेसिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्थापना गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेसिन धनकुटा, दमक, झुम्का र विराटनगरमा स्थापना गरिएको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिए । उनले देशका २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदूषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गरे ।
वायु गुणस्तर शून्यदेखि ५० कणको मात्रा भएको सङ्केत दिएजस्तै डिस्प्लेले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले वर्षातको समय भएकोले वायुमा खासै प्रदूषण नदेखिए पनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ ।
यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधन नचल्नु, धुवाँ प्रदूषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न सक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार