नेपाली कांग्रेस दमकद्धारा नगर प्रमूखको ध्यानाकर्षण
नेपालबहस संवाददाता
साउन १४, २०७७ बिहिबार २:४८:७
१४ साउन, दमक । नेपाली कांग्रेस दमक नगर समितिले दमक स्थित श्री सरस्वति उच्च माध्यमिक विद्यालयमा भएको प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर आज दमक नगर पालिकाको ध्यानाकर्षषण गराएको छ ।
विगतमा पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि नगर पालिका कानमा तेल हालेर बसेको र समस्या समाधानमा चासोनदेखाएको भन्दै दमक कांग्रेस आक्रोसित हुन बाध्य भएको नेपाली कांग्रेसका दमक नगर समितिका सभापति रोशन बिष्टले नेपालबहस डटकमलाई बताए ।
महिनौ अगाडिदेखि निरन्तर रुपमा खबरदारी गर्दै आएको दमक कांग्रेसलाई यसअघि पनि समस्या समाधान गर्ने बहानामा दमक नगरपालिकाले बिभिन्न बहाना बनाई अनावश्यक रुपमा खेलाई रहेको नेपाली कांग्रेस दमक शिक्षा समितिका संयोजक पर्शुराम रिजालको गुनासो छ ।
विद्यालय जस्तो सबै नागरिकको समान सहभागिता रहने स्थानमा नगर पालिकाको एकलौटी पेलाहा प्रवृतिले भोली द्वन्दको स्थिति आउन सक्ने भन्दै नेपाली कांग्रेसकी सभासद महिन्द्रा कुमारी लिम्बुले यस बिषयलाई छिटो भन्दा छिटो समाधान गर्न दमक नगर पालिकाका नगर प्रमूख रोमनाथ ओलीलाई आग्रह समेत गरेको नेपाली कांग्रेस दमक नगर समितिका सचिव प्रकाश प्रसाईले बताए ।
विद्यालयमा भएको प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर दमक कांग्रेसले धेरै अगाडि देखिनै आफ्नो असहमती जनाउदै आईरहेको छ । केहि समय अघि यहि बिषयलाई लिएर नेपाली कांग्रेस दमक नगर समितिले उक्त बिद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी समेत गरेको र आपसी सहमतिमा समस्या समाधान गर्ने भन्दै दमक नगर पालिकाको आश्वासनमा उक्त ताला खोली मार्ग प्रसस्त गर्दा समेत अहिलेसम्म कुनै निकास निस्कन सकेको छैन ।
शिक्षालयलाई राजनिति गर्ने अखडा बनाएको र आप्mनो दलको मानिसलाई प्रधानाध्यापक बनाउन राजनितीक शक्तिका आडमा नेकपा सम्बद्ध शिक्षकलाई प्र.अ. नियुक्ति गरिएपछि समस्या आएको नेपाली कांग्रेस दमकका शिक्षा शाखा प्रमूख शिक्षाबिद् पर्शुराम रिजाले बताए ।
नेपाली कांग्रेसलाई पटक पटक फकाउने र धोका दिने काम मात्रै भएको भन्दै नेपाली कांग्रेसका क्षेत्रिय सभापति ढुंढीराज भण्डारीले नगर पालिकाले अब समस्या समाधान गर्न ढिलाई गर्न नहुने कुरामा जोड दिएका छन । नेपाली कांग्रेसकी सभासद लिम्बुले यो समस्यालाई वार्ता र सम्वादको माध्यमबाट छिटो भन्दा छिटो समाधान गर्ने कामको अग्रसरता लिन नगरप्रमूख ओलीलाई सुझाव समेत दिएकी छिन् ।
दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले आफु यो समस्या छिटो भन्दा छिटो समाधान होस् भन्ने पक्षमा नै रहेको भन्दै नगर उप–प्रमूख कार्यालयमा आउने बित्तिकै यस बिषयमा छलफल गरेर सबैलाई मान्य हुने निर्णय गरेर अगाडि बढने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार