नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग
नेपाल बाङ्लादेश बैंक बा¥हबीसे शाखा प्रबन्धक श्रीकृष्ण पौडेल बाह्रबिसे नगरपालिका नगर प्रमुख निमफुन्जो शेर्पालाइ बाढी पहिरोबाट बिस्थापित परिवारलाई नगद रु एक लाख सहयोग हस्तान्तरण गर्दै । तस्वीर ः देवराज सुवेदी, रासस
Advertisement

१४ साउन, काठमाडौं ।  नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखाले बाढी पहिरोबाट विस्थापित परिवारलाई रु एक लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।

असार महिनादेखिको लगातारको वर्षाले बाह्बिसे नगरपालिका अन्तर्गतका विभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एवं मानवीय क्षतिलाई मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताए । बैंकले सहयोग गरेकोमा नगरप्रमुख शेर्पाले आभार प्रकट गरे ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here