कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई साँवा र व्याज तिर्ने अवधि थप
Advertisement

१५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएपछि २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता थुप्रिए पछि रिभर्स रिपोमार्फत नेपाल राष्ट्र बैंकले तरलता तान्न लागेको हो ।

७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

Advertisement

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आप्mनो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।

Advertisement
Previous articleभासिएको सडक
Next articleसेलपे सेवाको एनीभर्सरी अफर
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here