प्रदेशमा पूर्ण लकडाउ गर्न सभासदस्य यादवको माग
Advertisement

◊ धीरुभाइ

१५ साउन सप्तरी । प्रदेश २ सभा सदस्य अभिषेक यादवले प्रदेशमा पुनः पूर्ण लकडाउन गर्न माग गरेका छन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) प्रदेश सभा सदस्य यादवले पुनः लकडाउन गर्न प्रदेश मुख्यमन्त्री मो. लालबाबु राउतसंग माग गरेका हुन । सभा सदस्य यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो माग गरेका हुन् ।

प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थपिदै गएकोले जनधनको क्षति रोक्न प्रदेशलाई पूर्ण रूपमा लकडाउन गर्नुपर्ने उनले उल्लेख गरेका छन ।

Advertisement

यससँगै पीसीआर टेष्टको दायरा बढाउन, बाढीपीडित क्षेत्रमा अबिलम्ब ठोस कार्ययोजना बनाई नदी कटान नियन्त्रण र पीडितलाई पुर्नःस्थापन गर्न र राहत प्याकेज ल्याउन समेत उनले आग्रह गरेको छन ।

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here