जिल्लाका युवा पत्रकारलाई क्षमता अभिवृद्धि तालिम
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १८:४४:५३
१५ साउन, चितव । जिल्लाका युवा पत्रकारका लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचना फैलने खतरा रहेको बताए । उनले भने, “कहिलेकाहीँ ‘ब्रेकिङ’ समाचार दिने नाममा महत्वपूर्ण सूचना छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेशा पनि भएकाले पेशालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथामसम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।”
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताए । यो तालिम पत्रकारको क्षमता अभिवृद्धि गर्दै मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उनको भनाइ थियो।
त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासका सूचनाविज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरुले विश्वास गर्ने बताए । “प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ, त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउन तालिम सहयोगी हुनेछ”, उनले भने ।
तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बङ्गलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचि तथा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिँदै छन् ।
त्यसैगरी फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम बुधबारदेखि शुरु भई शुक्रबारसम्म हुने मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार