छाङ्गरु सीमा प्रशासन कार्यालयमा कर्मचारी छैनन्
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २१:५२:२८
१५ साउन, दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् ।
विसं २०३४ मा छाङरुमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा २०७२ सालसम्म एक जना कार्यालय सहयोगी भए पनि कार्यालय खुल्थ्यो । नेपाली झण्डा कार्यालयमाथि फरफराउथ्यो । त्यसयाता कर्मचारी व्यास आएका छैनन् । कार्यालयका केही कागजात र कुर्सी टेबुल छन् । हरेक वर्ष घरभाडाको सम्झौतासमेत हुने गरेको छ ।
“वर्षौदेखि घर भाडामा दिएको छु”, घरधनी जीवन बोहराले भने, “कागजात र कुर्सी टेबुलभित्रै छन्, सकेसम्म कर्मचारीको उपस्थिती भए अहिलेको परिस्थितिमा राम्रै हुन्छ, सरकारले आफ्ना मातहतका कार्यालय व्यासमा पु¥याउन सके यो क्षेत्रमा नेपाल सरकारले चासो दिएको पनि देखिन्छ ।” व्यासवासीले सो क्षेत्रमा सीमा प्रशासन आउनुपर्ने माग गरे पनि जिल्लाबाट आएका छैनन् । प्रशासनिक कार्यालय नहुँदा स्थानीयवासीले सेवा लिन खलङ्गा आउनुपर्ने बाध्यता छ ।
अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाउँदै व्यासको छाङ्गरुमा रहेको सीमा प्रशासन कार्यालय सञ्चालन गर्न मागसमेत गरेको छ । पछिल्लो समय सरकारले व्यासमा सुरक्षाको उपस्थिति बढाउँदै लगेका बेला प्रशासनिक निकायको पनि उपस्थिति हुनुपर्ने अखिलको माग छ ।
व्यास क्षेत्रका बासिन्दा खलङ्गा क्षेत्रमा पनि बसोवास गर्ने भएकाले छाङरुको सीमा प्रशासनको कामकाज हाल जिल्ला प्रशासन कार्यालयबाटै हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।
“व्यासका स्थानीयवासी केही छाङ्गरु तिङ्कर र केही खलङ्गा सदरमुकाममै बस्छन्”, उनले भने, “दुवैतिर सेवा दिन कर्मचारी खटाउन सकिने अवस्था छैन् ।” छाङ्गरुमै गएर सेवा दिँदा खलङ्गाका स्थानीयवासीले पनि छाङ्गरु पुगेर सेवा लिन कठिन हुने भएपछि यहीँबाट सेवा प्रवाह भइरहेको छ, छ जनाको दरबन्दी रहेको सीमा प्रशासनमा हाल तीन जना मात्रै कर्मचारी कार्यरत छन् ।”
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल सो क्षेत्रमा सीमा प्रशासनको उपस्थिति गराउन गृह मन्त्रालयलाई पत्राचार गरिएको बताउछन् । “हामीले २०७२ सालयता कर्मचारी किन जान सकेनन्, कर्मचारी दरबन्दी कहाँ छन्, पहिले भइरहेको काम र अहिलेको अवस्थाबारे सबै लेखापढी भएको छ”, उनले भने, “अब त्यो क्षेत्रमा सीमा प्रशासन बस्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार