चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा
Advertisement

१५ साउन, काठमाडौं । नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र ‘एल हाउस’को छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ ।

लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध, शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी र विश्वास भण्डारीको सम्पादन चलचित्रमा रहने भएको छ ।

चलचित्रमा किशोर खतिवडा, नव नायिका रमिला श्रेष्ठ, दिप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्र कुमार राई, पदम सुनार, प्रवेश लिम्बु, बसन्त बर्माको अभिनय रहेको छ । चलचित्रमा ३ बटा गीतहरु समावेश गरिने भएको छ । गीतमासंगीतमा राजु लामा र छायाँ प्रसाईको रहेको छ साथै राजु लामा र कृष्ण प्रसाईको स्वर चलचित्रमा रहेको छ ।

Advertisement
Advertisement
Previous articleबर्षदिनको तीजैकाे रमझम, आउ न बहिनी नाचौँ छमछम
Next articleपहिरोले अवरुद्ध सडक

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here