दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी सम्मानित
Advertisement

१५ साउन, काठमाडौं । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ आज नगदसहित सम्मानित भएका छन् ।

ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उनलाई रु पाँच लाखसहित सम्मान गरेका हुन् । धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल विलडर्सका सिइओ तथा करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिइओ रोशिद उनिथानलगायतको सहभागिता रहेको थियो । नेपालमा गत मङ्सिरमा सम्पन्न तेह्रौँ सागमा मण्डेकाजीले एकल कता र टिम कातामा स्वर्ण पदक जितेका थिए।

Advertisement
Advertisement
Previous articleचलचित्र दानराजको भद्रकाली मन्दिर परिसरमा शुभ साइत
Next articleसर्वोच्चको आदेश– ‘घरभाडा नलिनु’ !
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here