सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार ०:२१:२९
◊ नारायण न्यौपाने
१५ साउन, काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब रु ४५ अर्ब ८७ करोड नगद मौज्दात छ ।
कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।
अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।
एकै आवमा रु सात अर्ब २९ करोड वृद्धि
उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो । संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६/७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।
नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब रु तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।
कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।
जीवनस्तरमा सुधार ल्याउन चार ‘स’ अभियान
नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका खातिर कोषमार्फत शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त अभियानअन्तरगत शिक्षण संस्था र अस्पताल स्थापना, तालीम र प्रशिक्षण सञ्चालन, जीवनस्तरमा सुधार ल्याउन लघु वित्त कार्यक्रमका लागि सहुलितपूर्ण ब्याजमा कर्जा प्रवाहजस्ता कार्यक्रम अघि बढेका छन् । सेनाले कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीलाई लक्षित गरी प्रादेशिक सैनिक अस्पताल, मन्टेश्वारी विद्यालय, कृषि तालीम केन्द्र, क्यान्टिन, सहुलियतपूर्ण आवास कर्जा, जीवन बीमा, परिवार आवास र अतिथि गृह सञ्चालन गरेको छ ।
बहालवाला तथा अवकाश प्राप्त सैनिक र उनका परिवारसमेत गरी कल्याणकारी कोषबाट सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या करिब आठ लाख ५० हजार रहेको कल्याणकारी योजना निर्देशनालयले जानकारी दिएको छ । कल्याणकारी कोषले मूलधनबाट प्राप्त हुने ब्याजको ठूलो हिस्साको रकम हिताधिकारीको स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको जनाएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार