वीरगञ्जमा थप २ जना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार ६:६:३२
१६ साउन, काठमाडाैं । वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ। नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो। उनीहरू दुवै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे।मृत्यु हुनेमध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी ठेगाना भएका ३५ वर्ष पुरुष छन्। उनलाई ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो।
उनलाई स्थानीय विभिन्न अस्पतलामा उपचार गरिएको थियो। तर ठीक नभएपछि उनी साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए। उनको साउन १५ गते साँझ साढे ७ तिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
यस्तैगरी, वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका अर्का एक मृतकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ज्वरोको लक्षण देखिएका ६५ वर्षीय ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन्। उनको घरमा नै मृत्यु भएको र मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो।
बिहीबार वीरगञ्जमा थप दुई संक्रमितको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पर्साका दुई जनाको मृत्यु भएको जानकारी दिइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार