नेपाल टेलिकमको टावरमा खराबी कारण भोटखोला पन्ध्रदिनदेखि सञ्चारविहीन
Advertisement

१६ साउन, सङ्खुवासभा । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ । उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको उनले बताएका छन् । अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।
अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गरे । पन्ध्र दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताए । भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ ।

मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने हुन्छ । त्यति मात्र होइन कहिलेकाहीँ त दुईरचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ । जिल्लाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन हुन्छन् । चिचिलाको छ्याङकुटी, मकालुको भाटभोटेनी, भोटखोलाको बाक्ले, माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

Advertisement

त्यसैगरी टेलिकम सङ्खुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । त्यस्तै सभापोखरी गाउँपालिकामा समेत चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ । सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन गर्न पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीय सभापोखरी–६ का स्थानीय छत्रबहादुर गुरुङले दुखेसो पोखे ।

इन्टरनेट सेवा पनि अवरुद्ध

सङ्खुवासभा जिल्लाका अधिकांश स्थानमा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपनलयायतका स्थानमा पाँच दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । तेह्रथुमको वन्सन्तपुर र मुढे बीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ ।

आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने दूरसञ्चार शाखा कार्यालयका सूचना अधिकारी मोक्तानले बताए । अहिले सदरमुकाम खाँदबारीमा निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले मात्र इन्टरनेट सेवा प्रदान गरिहेका छन् । बुधबारबाट सदरमुकाम खाँदबारीको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध भएको सञ्चार सेवा कहिले सञ्चालन हुुन्छ भन्न अझै अन्योल भएको उनले बताए ।

Advertisement
Previous articleसप्तरीमा एक प्रहरीसहित पाँच जनामा कोरोना, संक्रमितको संख्या ४७० पुग्यो
Next articleभुसको आगो झै कोरोना फैलिदा पनि सरकार भजनमा मस्त : गगन थापा
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here