सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २२:५७:५९
१६ साउन, काठमाडौं । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।
मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।
केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार