दैनिक १० हजारको पीसीआर परीक्षण
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २३:२९:९
१६ साउन, काठमाडौं । सरकारले दैनिक १० हजार बढीको पिसिआर परीक्षण गर्न थालेको छ । गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
यो परीक्षण अहिलेसम्मकै धेरै हो । सरकारले पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षणको दायरा बढाएको हो । गत साता परीक्षण संख्या चार हजार वरिपरि घुमेको थियो। तर संक्रमित संख्या बढ्दै गएपछि परीक्षण पनि बढाइएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाले असार १५ गतेदेखि नै दैनिक १० हजार जनाको परीक्षण गर्ने भने पनि त्यो पूरा हुन सकेको थिएन । मन्त्रालयले भने विदेशबाट आउने संख्या कमी रहेको र क्वारेन्टिनमा रहने व्यक्ति पनि कम रहेकाले परीक्षण संख्या घटेको बताउँदै आएको थियो।
तर विज्ञहरूले भने लकडाउन अन्त्य भएसँगै जोखिम बढेको भन्दै परीक्षण बढाउन सरकारलाई सुझाउँदै आएका छन्। शुक्रबारसम्म देशभर ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।
पछिल्लो समय लकडाउन खुलेपछि सरकारले परीक्षणको दायरा बढाइएको हो । पछिल्लो केही दिनयता संक्रमितको संख्या बढेपछि नेपालगञ्ज र विराटनगरमा लकडाउन आह्वान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार