चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट
Advertisement

१७ साउन, एजेन्सी । चीनमा कृषिजन्य उत्पादनको थोक मुल्यमा अत्यधिक गिरावट भएको छ । कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा ०.०५ अङ्कले तल झरेको छ ।

शुक्रबार दिउसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ । अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन् ।

त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन् । मूल्यको अवस्था मूल्याङ्कन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण सङ्कलन गरिएको थियो ।

Advertisement

विवरण सङ्कलकहरुले यस्तो विवरण दैनिक रुपमा सङ्कलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement
Previous articleहङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय
Next articleकेही ठाउँमा भारी बर्षाको सम्भावना

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here