राजविराजमा दुई करोड भन्दा बढी राजश्व असुली
फोटो क्याप्सन : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज । साथै विद्युत चोरी गरी प्रयोग गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको विद्युतीय सामग्रीहरु ।
Advertisement

◊ धीरुभाइ

१७ साउन, सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले दुई करोड भन्दा बढी राजश्व असुली गरेको छ । केन्द्रले विद्युत् रकम बक्यौत, चुहावट नियन्त्रण अभियान तथा कालोसूचीमा परेको ग्राहकबाट दुई करोड १० लाख ६८ हजार ७१० रुपियाँ राजश्व असुली गरेको छ ।

तीमध्ये केन्द्रले विद्युत् महशुल रकम नबुझाउने ग्राहकहरुको लाइन काट्ने अभियानबाट झण्डै पौने दुई करोड रकम असुली गरेको छ । गत आर्थिक वर्षमा विद्युत् बक्यौता रकम नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि एक करोड ६८ लाख ८१ हजार ८६७ रुपियाँ बक्यौता रकम असुली भएको वितरण केन्द्रका प्रमुख इन्जिनियर अमोदकुमार यादवले बताए । यस वर्षमा विद्युत् महशुल नबुझाउने ६८७ जना ग्राहकको लाइन काटिएको बताए ।

Advertisement

विद्युत् महशुल बक्यौता रकम २० करोड भन्दा बढी रहेको उनले बताए । कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथामको लागि सरकारले जारी गरेको लकडाउनमा पनि बिद्युत् बक्यौता रकम नबुझाउने ग्राहकको लाइन काटिन थालेपछि अनलाईन, बैक तथा सिधै कार्यालयमा आएर बक्यौता रकम बुझाएको उनले बताए । लकडाउन (बन्दाबन्दी)ले केही प्रभाव पारेपनि स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर सेवामा निरन्तर खटिरहेकोले राजश्व असुली गरेको उनले बताए ।

यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा विद्युत् महशुल बक्यौता रकम नबुझाउने ३०६ जना ग्राहकको लाइन काटिएको उनले सोबाट एक करोड ६७ लाख ६१ हजार ९७७ रुपियाँ असुली भएको जानकारी दिए । लकडाउनबीच पनि अघिल्लो वर्ष भन्दा यस वर्षमा राजश्व असुलीमा केही बृद्धि भएको उनको कथन छ ।

यस्तै यस वर्षमा केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीब्र पारेको छ । यस अभियान अन्तर्गत जिल्लाको विभिन्न गाउँ टोल वस्तिका गरी ११८ जना विद्युत् चोरलाई पक्राउ गरेको छ । विद्युत् पोलमा सिधै हुकिङ्ग गरी विद्युत् प्रयोग गरिरहेको अवस्थामा तथा विद्युत् मिटरबाट चोरी गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । यसरी पक्राउ परेकाहरुबाट ४० लाख ४९ हजार ६३३ रुपियाँ राजश्व जरिवाना असुली भएको प्रमुख यादवले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र वितरण केन्द्र कर्मचारीको संयुक्त विद्युत् चुहावट नियन्त्रण टोली दिवा र रातीमा सक्रिय भएपछि ५.२९ प्रतिशतमा चुहावट कम भएको उनले भने, अघिल्लो वर्षमा ३८.९६ चुहावट रहेको थियो । लकडाउनको कारण चुहावट नियन्त्रणमा प्रभाव पर्दापनि थोरै नियन्त्रण गरेर ३३.६७ प्रतिशतमा झरेको छ ।

हाम्रो लक्ष्य २५ प्रतिशतमा झार्ने थियो । यसैगरी कालो सूचीमा परेका एक हजार १३३ ग्राहकबाट एक लाख ३७ हजार २१० रुपियाँ राजश्व असुली भएको प्रमुख यादवले बताए ।

 

Advertisement
Previous articleदार्चुलामा बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद
Next articleवर्षापछि आएको बाढी र पहिरोले कृषिमा रु नौ करोड क्षति

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here