जग्गामा महिलाको स्वामित्व बढ्दै
नेपालबहस संवाददाता
साउन १७, २०७७ शनिबार १८:३८:४७
१७ साउन, बैतडी । पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । आफूसँग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै गएका छन् । महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिएका छन् । जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६/७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेको थियो ।
महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताएका छन् । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए।
नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ । यसले महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको सङ्ख्या बढ्दै गएका हो । महिलाका नाममा जग्गादर्ता २५ प्रतिशत राजश्व छुट हुने भएकाले पनि महिलाका नाममा जमीन दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
पहिलापहिला महिलाका नाममा लालपुर्जा आनाकानी गर्ने गरिएको भए पनि पछिल्लो समय महिलाका नाममा लालपुर्जा बनाउने क्रम बढेको छ । महिलाका नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताए ।
विसं २०६७ मा भूमिअधिकार मञ्चमार्फत संयुक्त लालपुर्जाको अवधारणा अघि सारेर महिलाका नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ । महिलाका नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पु¥याउन सजिलो भएको छ ।
पछिल्ला केही वर्षयतादेखि भने महिलाका नाममा जग्गादर्ता गर्ने लगायतका कामहरु भइरहेका छन् । यसले महिलाको सम्पत्तिमा पहुँच पु¥याउन लागि पहल गरिरहेको बैतडीको दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताए । महिलाका नाममा जमीन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो । “पहिलापहिला महिलाका नाममा जग्गादर्ता गर्ने चलन नै थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पु¥याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।”
महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न थालेका छन् । पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधि आएपछि महिलाको पनि जग्गामा स्वामित्व बढ्दै गएको हो । महिलाको अधिकारका कुरा उठाउन थालेपछि जग्गामा पनि अधिकार बढ्दै गएको महिला जनप्रतिनिधिहरुको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार