पक्षघात बिरामीलाई न नागरिकता, न भत्ता !
नेपालबहस संवाददाता
साउन १७, २०७७ शनिबार २०:३७:२
१७ साउन, झापा । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका पक्षघातका रोगी १६ वर्षीय क्षितिज राईको दैनिकी ह्वील चियर अभावमा मुढामा बसेर बित्ने गरेको छ । बिहान उज्यालो भएसँगै हजुरआमाले घरको सिकुवामा मुढामा राखिदिएपछि साँझ नपरेसम्म उनको सम्पूर्ण समय त्यही बित्ने गरेको हो ।
उमेर १६ वर्ष भए पनि उनी हेर्दा चार पाँच वर्षका देखिन्छन् । मुखबाट २४ सै घण्टा ¥याल चुहिरहन्छ । राम्रोसँग टाउको ठाडो नहुने उनको बोलीसमेत आउँदैन । उनको हात खुट्टा पनि चल्दैनन ।
जन्मिएको सात महिनामै उनलाई छाडेर हिँडेका बाबुको हालसम्म अत्तोपत्तो छैन । आमा रोजगारीको सिलसिलामा कतारमा छिन् । उनलाई मावलकी हजुरआमाले हेरचाह गर्दै आएकी छन ।
६७ वर्षीया हजुरआमा चन्द्रमाया सुब्बाले भने, “जन्मिँदा साढे चार किलोको थियो मेरो नाति । सात महिनाको हुँदा निमोनिया भयो भन्दै डाक्टरले सुई हानिदिँदा नातिको यो हालत भयो ।” नातिलाई के भएको हो भन्ने पनि उनलाई पत्तो छैन । पक्षघात भएका नातिलाई स्याहार्दै १६ वर्ष बिताएकी चन्द्रमायाले भनिन्, “ह्वील चियरसम्म पाए पनि बाहिरभित्र गराउन सजिलो हुने थियो । कति दिन मुढालाई उल्टाएर नातिलाई राख्नु ।”
ठूलो प्लाष्टिकको डोरीले बुनेको मुढालाई उल्टाएर उनलाई वर्षांैदेखि राखिँदै आएको छ । क्षितिजलाई अपाङ भएको कार्डका लागि वडाले सिफारिस नदिँदा समस्या भएको हजुरबुबा कुमार लिम्बूले बताए । “धेरैपटक वडाध्यक्षलाई भन्यौँ”, उनले भनिन, “खै चासो नै दिनुभएन । कहाँ जाने कसलाई भन्ने ।”
अपाङ्गता भएको कार्डसमेत बने पनि सरकारले दिने सुविधाले उनलाई राहत पुग्ने बाहुनडाँगी जेसीजका कार्यकारिणी उपाध्यक्ष देबु बानियाँले बताए । पटकपटक जनप्रतिनिधि र अपाङ्गताका क्षेत्रमा काम गर्नेलाई कार्ड र ह्वील चियरका लागि अनुनय विनय गर्दासमेत बेवास्ता गरेको बानियाँको आरोप छ ।
अपाङ्ग समन्वय समिति मेचीनगरका सदस्य गङ्गा सङ्ग्रौलाले उनका बारेमा जानकारी लिएर हालसम्म कोही पनि नगरपालिका नआएको बताए । वडाले सिफारिस गरेको कागजात र डाक्टरले जाँच गरेर छुट्याइदिएको अपाङ्गताको वर्गका आधारमा भत्ता वितरण गरिने जानकारी दिँदै उनले भने, “१६ वर्षभन्दा सानो उमेर भएमा अनिवार्य जन्मदर्ता र त्योभन्दा माथिको उमेर भएमा सिफारिस गर्दा अनिवार्य नागरिकता चाहिन्छ ।”
दुवै नभएका कारण उनी भत्ताबाट वञ्चित बन्न पुगेको भए बुझेर समन्वय गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार