राष्ट्रियसभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन
Advertisement

१७ साउन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन भएको हो । राष्ट्रियसभाबाट जारी सूचनापत्रअनुसार, दीगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गङ्गाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाईलाई मनोनय गरिएको छ । त्यस्तै उक्त समितिमा महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्माको मनोनयन भएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद वान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी छन । उक्त समितिमा रामनारायण बिंडारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ ।

Advertisement

राष्ट्रिय सरोकार तथा समन्वय सिमितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङको मनोनय भएको छ । सांसद दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेलको सोही समितिमा चयन भएको छ ।

विधायन व्यवस्थापन समितिमा खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ रहे। अध्यक्ष तिमिल्सिनाले उक्त समितिमा रहने गरी प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र डा विमला राई पौडेललाई मनोनयन गरेका हुन् ।

Advertisement
Previous articleश्रम तथा रोजगार कार्यालयका प्रमुख सञ्जेल कार्यकक्षमै कुटिए
Next articleमाइक्रो दुर्घटनामा १७ यात्रु घाइते

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here