माइक्रो दुर्घटनामा १७ यात्रु घाइते
Advertisement

१७ साउन, डडेल्धुरा । डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार माइक्रोमा रहेका १७ घाइते भएका छन् ।

गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् । फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Previous articleराष्ट्रियसभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन
Next articleदार्चुलामा बाढीपहिरोमा तीन घर बगे

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here